logo

रसुवा बाढीपहिरो पीडितको पूर्नस्थापनाकालागि वीरगंज उद्योग वाणिज्य संघद्वारा  १५ लाख सहयोग प्रदान

 इसीमाना सम्वाददाता     २०८३ भदौ १५ गते ०६: ५३ मा प्रकाशित     257   पटक पढिएको

वीरगञ्ज । रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित परिवारहरूको राहत तथा पुनः स्थापनाका लागि वीरगंज उद्योग वाणिज्य संघले १५ लाख १ हजार १ सय १ रुपैयाँ सहयोग गरेको छ ।

May be an image of ‎ticket stub and ‎text that says '‎SiddharthaBuRduNJ 시\/C PAYEB the sum of रकम अक्रমा) ron मिति Date 1505 15052083 05 2 Ο 8 3 /a Month महिना Yearla साल Pay against this cheque to Prime Minister Disaster Relief fund fifteen Lakh one thousand one hundred one भुक्तानी बिनुहाना। Rupees owly 00200181620 BIRGANJ CHAMBER OF COMMERCE AND INDUSTRIES CURRENT ACCOUNT NORMAL NPR Or Bearer वा बाहकलाई ل Please Plase.gonotwrteorsnbedlo.hsi do not write or sign below his line 0004999515ም 1801m 15,01,101/ م यो धकां भनदा तल ननेल्नु दोना 000 21:00000000000 200 8 200181620, 6 O.‎'‎‎


वीउवासंघले उक्त रकम बराबरको चेक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो । बाढीका कारण रसुवाको स्याप्रुबेसी, टिमुरे तथा नुवाकोट, धादिङ, गोरखा लगायतका क्षेत्रमा ठूलो जनधनको क्षति भएकोप्रति दुःख व्यक्त गर्दै सङ्घले विपद्का बेला प्रभावित नागरिकलाई सहयोग गर्नु आफ्नो सामाजिक उत्तरदायित्व भएको जनाएको छ ।


चेक हस्तान्तरण कार्यक्रममा वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद गौतम, निवर्तमान अध्यक्ष अनिलकुमार अग्रवाल, वरिष्ठ उपाध्यक्ष माधव राजपाल, महासचिव शिवजीप्रसाद साह, कोषाध्यक्ष अनोज रुँगटा, सचिव प्रेमचन्द्र गोयल, सह–कोषाध्यक्ष निरज अग्रवाल, सह–सचिव अनुप अग्रवाल, कार्यकारी सचिव सुनिलकुमार कण्ठ र प्रशासकीय अधिकृत मनोज उपाध्याय, पत्रकार प्रणय कुमार लगायतको उपस्थिति रहेको थियो ।

 

त्यसैगरि  रसुवामा गएको विनाशकारी बाढीपहिरोबाट प्रभावित परिवारहरूको राहत तथा सहयोगका लागि अहमद परिवारले  २८ हजार आर्थिक सहयोग प्रदान गरेको छ।


परिवारको तर्फबाट प्रदान गरिएको उक्त सहयोग बाढीपहिरोबाट प्रभावित पीडित परिवारको राहतमा उपयोग हुने विश्वास व्यक्त गरिएको छ। विपद्को कठिन घडीमा आफ्नो सानो सहयोगले पीडित दाजुभाइ तथा दिदीबहिनीको जीवनमा केही राहत र आशा थप्न सक्ने परिवारले जनाएको छ।


 सेफ जाबेद अहमद, गुलरेज अहमद तथा बुहारी साहिन आरालले सहयोग राशी उपलब्ध गराएको तबरेज अहमदले जनाएका छन।
अहमद परिवारले दुःख र विपद्को समयमा एक–अर्कालाई साथ दिनु नै मानवीयता र साँचो धर्म भएको उल्लेख गर्दै रसुवा बाढीपहिरोबाट प्रभावित सबै परिवारप्रति सहानुभूति व्यक्त गरेको छ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.