वीरगञ्ज, ७ जेष्ठ । चेतनशिल अभिभावक संघ पर्सा वीरगञ्जले आज पर्साका प्रमुख जिल्ला अधिकारी र जिल्ला शिक्षा अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ । संघका पर्साका अध्यक्ष विजेन्द्र तिवारीको नेतृत्वमा गएको टोलिले पर्साका प्रमुख जिल्ला अधिकारी केशव राज घिमिरे र जिल्ला शिक्षा अधिकारी केदार तिवारीलाई विभिन्न मागहरु समेट्दै ज्ञापन पत्र बुझाएको छ । नयाँ शैक्षिक सत्रमा विधालयहरुको भौतिक संरचना, अध्ययन तथा अध्यापन, स्वास्थय, खानेपानी, खेलकुद लगायतका विषयहरुको नियमित अनुगमन गर्नुपर्ने लगायतका मागहरु समेट्दै ज्ञापन पत्र बुझाइएको छ ।
तपाईको प्रतिक्रिया