logo

पत्रकारद्वय गुप्ता र सर्राफलाई साधारण तारेखमा रिहा गर्न पर्सा जिल्ला अदालतको आदेश

 इसीमाना सम्वाददाता     २०८३ भदौ ३ गते ०८: १४ मा प्रकाशित     309   पटक पढिएको

वीरगञ्ज । पत्रकार राहुल गुप्ता र श्याम सर्राफ पर्सा जिल्ला अदालतबाट साधारण तारेखमा रिहा भएका छन । उनीहरु बिरुद्ध पर्सा क्षेत्र नं १ का साँसद बुद्धिप्रसाद पन्तले बिधुतीय कारोवार ऐन अन्र्तगत मुद्धा  गरेका थिए । 

 


पत्रकारद्वय बुधवार पार्स जिल्ला अदालतमा आफै उपस्थित भएका थिए । पर्सा जिल्ला अदालतका न्यायाधीश मोहनबहादुर अधिकारीको इजलासले दुवै जनालाई साधारण तारेखमा राख्ने आदेश दिएको छ।

 

पन्तले आफूविरुद्ध अनलाइन सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत व्यक्तिगत प्रतिष्ठा, सामाजिक मर्यादा तथा राजनीतिक छविमा आँच पुर्‍याउने खालका सामग्री प्रकाशन तथा प्रसारण गरिएको दाबी गर्दै जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी दिएका थिए। उनले बिधुतीय कारोवार ऐनको दफा ४७ को उपदफा १ अनुसारको कारवाहीको माग गरेर मुद्धा गरेका थिए । 

 

बहसका क्रममा वादी नेपाल सरकारका तर्फबाट सहायक सरकारी न्यायाधिवक्ता महेश आचार्यले बहस गरेका थिए।

 

त्यस्तै, प्रतिवादी श्याम शर्राफ र राहुल गुप्ताका तर्फबाट बार एसोसिएसन पर्साका अध्यक्ष एवं अधिवक्ता रामनारायण कुर्मी, पूर्व अध्यक्ष एवं अधिवक्ता पन्नालाल गुप्ता, पूर्व अध्यक्ष अधिवक्ता प्रमोद साह, पत्रकार एवं अधिवक्ता के.सी. लामिछाने र अधिवक्ता आशुतोष तिवारी लगायतले बहस गरेका थिए।

 

पन्तको जाहेरीमा आफूविरुद्ध प्रकाशित सामग्रीले व्यक्तिगत प्रतिष्ठा, सामाजिक मर्यादा, राजनीतिक छवि तथा पारिवारिक सम्मानमा गम्भीर क्षति पुर्‍याएको दाबी गरिएको छ। तर, जाहेरीमा लगाइएका आरोपको सत्यता तथा मुद्दाको अन्तिम निष्कर्ष भने न्यायिक प्रक्रियाबाटै टुंगो लाग्नेछ।

 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पञ्चगावामा दुई महिलासहित २५ जना स्थानीय युवाले रक्तदान गरे

पचगावा । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ पञ्चगावामा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन्।

पर्यटन प्रर्वद्धनमा हिडेका  बाइक राइडरलाई ठोरीमा भव्य स्वागत

ठोरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ठोरी आइपुगेका बाइक राइडरहरूलाई ठोरीमा भव्य स्वागत गरिएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.