बीरगंज १८ बैशाख ।
बीरगंज उपमहानगरपालिकाको वडां नं १७ अलौमा मा रहेको पोखरीको सफाई गरिएको छ । अलौमा रहेको छट घाट पोखरिको सफाई गरिएको सर सफाई बिज्ञ तवरेज अहमदले बताए । पोखरिको छेउछाउमा दिशा गर्ने र पोखरिमै दिशाधुने परिपाटी नियन्त्रणकालागि समुदायको सहभागितामा पोखरि सफा अभियान संचालन गरिएको हो । खुला दिशामुक्त क्षेत्र अभियानलाई टेवा पुर्याउने उद्धेश्यले बीरगंज उपमहानगरपालिकाले बीरगंज नगर क्षेत्रका ४५ वटा पोखरिको सफाई अभियान शुरु गरेको छ । छट घाट पोखरिमा बीउमनपाका सुनिल कुमार कर्ण र नेपाल पत्राकार महासंघका पुर्व अध्यक्ष के।सी लामिछाने संयुक्त रुपमा खुला दिशामुक्त लेखिएको झण्डा तथा संदेश मुलक होडिंग बोर्ड गाडेर सफाई अभियान शुरु गरिएको थियो। स्थानीय टोल बिकाशका प्रतिनिधीहरु सन्तोष पटेल,अजय साह, जयराम, य्निर्भुल युथ क्लबवका पदाधिकारी तथा सदस्यहरु आमा समुह, ,वडा नागरिक मंच नागरिक सचेतना केन्द्रका पदाधिकारी सदस्य प्रहरी चौकी अलौ र सिमा सुरक्षा बल अलौ र स्थानीय जनताको सहभागितामा पोखरिको सफाई गरिएको हो । धार्मिक र सास्कृतिक रुपमा पनि तराईमा पोखरिको महत्व अति छ ।अलौको पोखरिमा छटघाट समेत रहेकोले धार्मिक आस्थाको केन्द्रमा फोहर नगर्न र त्यसको संरक्षणमा जुटन स्थानीय समुदायलाई परार्मश दाता महेश अर्यालले अपिल गरे ।
तपाईको प्रतिक्रिया