बीरगंज २१ पुष ।वीरगञ्जस्थित अनुभुति एजुकेशन फाउन्डेशनमा रहेको युवा समुहको पहिलो बैठक आज सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले गठन गरेको समुहले आजको युवाहरुकले भोग्नु परेको समस्याहरुको बिाष्यमा छलफल गरेको थियो ।
समुहका अध्यक्ष अंकुश व्याहुतको अध्यक्षतामा बसेको बैठकले युवाहरुमा देखिएको अनुशासन हिनता, दूब्यर्सनप्रति युवाहरुको बढ्दो लत,मोटरवाइक चलाउदा यातायात अनुशासनको बर्खिलाप अनी प्रेमका नाममा हुने आकर्षण जस्ता बिषयहरु समस्याको रुपमा रहेको निष्कर्ष निकालेको छ ।
बैठकले युवाहरुले पहिचान गरेको समस्या त्यसको सामाधानका निम्ति विभिन्न प्रस्तावहरु पारित गरेको छ ।
बैठकमा इन्सेकका पर्सा प्रतिनिधि केसि लामिछाने, समुहकी उपाध्यक्ष रानी कलवार, सचिव एन्जिला प्रजापति, कोषाध्यक्ष कार्तिक साह, सदस्य विवेक कर्ण, पंकज तिवारी, आरुषी गूप्ता लगायतकाको उपस्थिती रहेको थियो ।
तपाईको प्रतिक्रिया