logo

सेनाले मिलायो गाउँगाउँमा आगो ताप्ने ब्यवस्था

      1/5/2018 गते 00 00 मा प्रकाशित     1951   पटक पढिएको

सीमरा २१ पुस । जिल्लामा चिसो र शीतलहरका कारण जाडो ह्वात्तै बढेपछि जनजीवन प्रभावित बनेको छ । 

जनजीवन प्रभावित भएको  भन्दै  नेपाली सेनाले दाउरा सहित गाउँमा आगो ताप्ने ब्यवस्था मिलाएको छ ।
 जिल्ला वन कार्यलय बाराको समन्वयमा विहिबारबाट दाउरा वितरण सुरु गरिएको चन्दननाथ गण ब्रम्हपुरी बाराका गणपति प्रमुख सेनानी सन्तोष कार्कीले जानकारी दिए । 

क्याप्टेन जुद्ध निरौलाको नेतृत्वमा परिचालित टोलीले विहिबार मात्रै जिल्लाको जितपुसिमरा र कलैया उपमहानगरको बडहर्वा उचिडी, भोडाहा लगायतका दश ठाउँमा दाउरा झार्दै आगो बालेर ताप्ने ब्यवस्था मिलाएको गणपति कार्कीले जनाए ।

 

जिल्ला वन कार्यालय बारासँगको सहकार्यमा वनबाट केही पैसा नपर्ने र केही पैसा पर्ने खालका दाउरा संकलन गरी विभिन्न गाउँका चोकचोकमा आगो बाली ताप्ने ब्यवस्था मिलाईएको हो । जिल्ला वन कार्यालय बाराले दाउरा वितरण गर्ने जनाएपनी ढुवानी साधन अभावमा गाउँगाउँमा दाउरा पुग्न नसकेको अवस्थालाई मध्यनजर गर्दै सेनाको जनशक्ति र सवारीबाट आगो ताप्ने ब्यवस्था मिलाईएको उनको भनाई छ । त्यस्तै स्थानीय तहहरु संगको समन्वयमा जिल्ला वन कार्यालय बाराले समेत दाउरा वितरण गरिरहेको जनाएको छ ।

 

चिसो बढेसँगै जनजीवन प्रभावित हुननदिन गाँउपालिका, नगरपालिका र उप˗महानगरपालिकाका विभिन्न स्थानहरुमा दाउरा पठाईएको वन कार्यालयले जनाएको छ । चिसो र शीतलहरवाट प्रभावित हुनसक्ने गरिव विपन्न स्थानिय समुदाय, सुरक्षाकर्मी लगायतलाई दाउरा वितरण गरिएको जिल्ला वनकार्यालयले जनाएको छ  ।

 

 पुष २ गते बसेको जिल्ला दैविक प्रकोप उद्धार समितिको बैठकले हरेक गाँउपालिकालाई १ चट्टा, नगरपालिका र उप˗महानगरपालिकलाई डेढ चट््टाका दरमा दाउरा उपलब्ध गराउने निर्णय गरेको थियो । सोही निर्णय अनुसार नै दाउरा वितरण गरिएको जिल्ला वन कार्यालय बाराका प्रमुख भैरवप्रसाद घिमिरेले जानकारी दिए ।

कार्यालयले हालसम्म जिल्ला भरमा २० चट्टा भन्दा बढि दाउरा वितरण गरिसेकेको जनाएको छ । चिसो अझ बढ्दै गएमा  थप दाउरा वितरण गरीने भन्दै घिमिरेले मोटो रकम खर्चेर आगो ताप्नुको साटो स्थानिय तहले न्यानो कपडा वितरणमा खर्च गरेको भए उचित हुने सुझाव दिए ।

स्थानीय तहहरुले प्रती चट्टा १४ देखि १६ हजार रुपैँया जिल्ला वनमा तिर्दै आएका छन् । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

प्रधानमन्त्री राहतकोषमा बिभन्न बैक, मधेश प्रदेशका पदाधिकारी र ब्यक्तिद्वारा सहयोग रकम उपलब्ध गराइदै

वीररगंज ।ग्लोबल आइएमई बैंकले भोटेकोशी नदीको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

जन्मदिनको खर्च कटौती गरेर मातृभूमीमा परेको संकटमा राहतकालागि नेपालले गरे १ लाख सहयोग दिने निर्णय

वीरगंज । नेपालमा बाढी पहिरोबाट सृजीत दुख्द अवस्थाबाट प्रभावित नागरिकको राहत र उद्धारकालागि बेल्जीयमको लुभेन शहर निवासी लोकेन्द्र नेपालले १ लाख रुपैया सहयोग गर्ने भएका छन ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.