logo

सूचना माग्ने अभियान्तलाई धम्की

      2/14/2018 गते 00 00 मा प्रकाशित     1786   पटक पढिएको

बीरगंज २ फाल्गुन । 
बीरगंज महानगरपालिका वार्ड नं ३१ बस्ने मुहम्मद औरगंजेब अंसारीले सूचना माग्दा समिर आलमले फोन मार्फत धमक्याएका छन् ।

 

अंसारीले सूचनाको हक सम्बन्धि ऐन २०६४ अनुसार विरगंज महानगरपालिका, श्रीपुर पावर हाउस स्थित सिद्धार्थ माध्यामिक विद्यालयका प्रधानध्यापक राजेश पाण्डेलाई सूचना उपलब्ध गराइपाउँ भनि चिठ्ठी पठाएका थिए । नेपालको संबिधान २०७२ को धारा २७ बमोजिम कुनै पनि सरकारी कार्यालयहरुबाट सूचना माग्न र पाउने हकलाइ मौलिक हक भनिएको हुदा पनि अन्सारीले सूचना माग गर्दै चिठी पठाएका हुन ।

 

तर आलमले अन्सारीलाई बिद्यालयका प्रअ पाण्डेलाई त्यस्तो प्रकारको चिठ्ठी किन पठाएको भन्दै फोनमार्फत गालीगलौच गरेको अन्सारीले  बताए।  अन्सारीले उक्त कार्यालयबाट शिक्षकको लगत, हालसम्मको आर्थिक हिसाब किताव लगायत आठ बुँदे विभिन्न सूचनाको माग सहित पत्र पठाएको बताए ।

 

 अंसारीले मिति २०७३ /०९/२८ गतेका दिन उक्त कार्यालयका सूचना अधिकारीको नाममा पठाएको चिठ्ठीको कुनै जवाब नपाएपछि सूचना उपलब्ध नगराउने सूचना अधिकारि उपर कारवाही गरिपाउ भन्ने  माग गरेको सूचना कार्यालय प्रमुखले उपलब्ध गराई दिने सम्बन्धमा मिति २०७४/१०/१२ गतेका दिन पठाएका थिए ।

 

नेपालको संबिधान २०७२ को धारा २७ बमोजिम आफ्नो सरोकारको बिषयको सूचना माग्ने र सार्वजनिक कार्यालयले स्वत सूचना माग कर्तालाई दिने मौलिक हक रहेको कुरा थाहा हुदाहुदै पनि आइतबार राति १०.१९ मिनटमा ९८६१५८०९९४ नम्बरले समिर आलम नाम भएको व्यक्तिले अन्सारीलाई फोन गरि ज्यान मार्ने धम्कि दिए । धम्की आएपनि अन्सारीले आफ्नो मौलिक हकको पालना गर्दै उक्त कार्यालयका सूचना लिएर नै छाड्ने प्रतिबदता गरेका बताए। 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

सामुदायिक रेडियो नारायणी एफएमको वार्षिकोत्सवका अवसरमा समाचार वाचन प्रतियोगिता, तिमिल्सीना भए प्रथम

वीरगन्ज । सामुदायिक रेडियो नारायणी एफएमले आफ्नो २०औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको समाचार वाचन प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।

रौतहटमा दुर्घटनापछिको तनाव, क्षतिपूर्तिको माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

रौतहट । रौतहटको चन्द्रनिगाहपुरस्थित मोथियाही पुल नजिकै शनिबार दिउँसोदेखि मृतकका आफन्तले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.