logo

जीतपुरसीमरा उपमहानगरमा पूर्वाधार निर्माणमा चीनीया बैंकले २ अर्व लगानी गर्ने

      2/28/2018 गते 00 00 मा प्रकाशित     1496   पटक पढिएको

सिमरा, १६ फाल्गुन । जीतपुरसीमरा उपमहानगरको पूर्वाधार निर्माणका लागि चिनको एशियन ईन्फास्ट्रक्चर डेभलपमेन्ट बैंकले लगानी गर्ने भएको छ । 


अर्बान ईन्फास्ट्रक्चर डेभलपमेन्ट प्रोजेक्ट अन्तर्गत बैंकले उपमहानगरको सडक, पुल, आयस्रोतको पूर्वाधारका निर्माणका लागि झण्डै दुई अर्ब लगानी गर्ने भएको हो ।

उपमहानगरका नगर प्रमुख डा. कृष्ण पौडेलले काठमाण्डौस्थित शहरी बिकास बिभाग पुगेर केही महिनाअघि प्रोजेक्टका लागि पहल थालेका थिए । 


नगर प्रमुखको पहलपछि लगानी गर्न ईच्छुक देखिएको चीनीया  बैंकको टोली बुधवार जीतपुरसिमरा आईपुगेको हो । टोलीले उपमहानगर शहरी र ग्रामीण भेगको निरिक्षण समेत गरेको छ ।

उपमहानगरका नगर प्रमुख डा. पौडेलले टोलीलाई निरिक्षण गराउदै उपमहानगरको अवस्था र सम्भावनाका बारेमा जानकारी गराएका थिए । 
टोलीमा बैंकको ईन्भेष्टमेन्ट अपरेशन स्पेसियलिष्ट साङमो किमको नेतृत्वमा आएको टोलीमा बैंकका प्रतिनिधि टासी टेन्जीङ, शहरी बिकास बिभागका बरिष्ठ ईन्जिनियर सरेन्द्रमोहन श्रेष्ठ, ईन्जिनियर बिश्वराम प्रजापती सहभागी थिए । निरिक्षणपछि आयोजित कार्यक्रममा टोलीका नेतृत्वकर्ता किमले पूर्वाधार निर्माणका लागि लगानी गर्न बैंक ईन्छुक रहेको भन्दै किमले उपमहानगरबासीलाई शुभकामना ब्यक्त गरेका थिए । 

 


शहरी बिभागका ईन्जिनियर श्रेष्ठले प्रोजेक्टको बारेमा उपमहानगरको कार्यपालिका सदस्यलाई जानकारी गराएका थिए । उपमहानगरमा ठुलो लगानी हुन लागेको भन्दै श्रेष्ठले यसबाट उपमहानगरको कमजोर अवस्थालाई सुधार गर्न केही सहयोग पुग्ने बताए ।  


कार्यक्रममा बैंकका प्रतिनिधि टेन्जीङले उपमहानगरको निरिक्षण गर्दा धेरै सम्भावना देखेको भन्दै बैंकको लगानी नगरबासीले पाउने र उपमहानगरको अवस्था सुदृढ हुनेमा आफू बिश्वस्त रहेको बताए ।

उपमहानगरभित्र औद्योगिक करिडोर, अन्र्तराष्ट्रिय बिमानस्थल, बिशेष आर्थिक क्षेत्र, पर्सा राष्ट्रिय निकुञ्ज, पर्यटकिय क्षेत्रलगायत थुप्रै सम्भावना रहेकाले भबिष्यमा यो उपमहानगर देशकै नमुना बन्न सक्ने उनको भनाई थियो । 


कार्यक्रममा जीतपुरसीमराका नगर प्रमुख डा. पौडेलले समृद्ध उपमहानगरको अभियानमा अर्बान ईन्फास्ट्रक्चर डेभ्लभमेन्ट प्रोजेक्टको साथबाट अत्यन्त हर्षित भएको भन्दै बैंकका प्रतिनिधिलाई धन्यवाद ब्यक्त गरे । लगानी गर्न उत्साहित रहेको बैंकलाई निराश नपार्ने गरी पारदर्शी र दिर्घकालिन सोचसहित काम गर्ने प्रतिबद्धता उनले ब्यक्त गरेका छन् ।

जनसंख्या र भुगोलको हिसाबले मात्रै उपमहानगर बनेको जीतपुरसिमरामा दुई अर्बको लगानीबाट थुप्रै पूर्वाधार निर्माण गर्न सकिने उनको भनाई थियो । 


कार्यक्रममा बरिष्ठ ईन्जिनियर रामनरेश यादवले जीतपुरसिमराको अवस्था, सम्भावना र योजना बारेमा प्रस्तुती दिएका थिए । कार्यक्रममा उपमहानगरकी उपप्रमुख सरस्वती चौधरी, कार्यपालिकाका सदस्य, कर्मचारीलगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजीकरण शाखा अधिकृत नविन लामाले गरेका थिए ।

यसअघि बैंकको टोलीलाई उपमहानगरको कार्यपालिका सदस्य र कर्मचारीले स्वागत गरेका थिए । 
 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.