फागुन १६ वीरगञ्ज । सिरियामा भएको बमआक्रमणले मानवता माथिनै प्रहार गरेको भन्दै बीरगंजमा त्यसको बिरुद्ध प्रदर्शन भएको छ ।
आक्रमणमा मारिएका बालबालिका प्रति श्रद्धाञ्जली दिँदै बीरगंजका मुुस्लिम अगूवाहरु वालवालिकाहरुले प्रदर्शन र शान्तिको याचना गरेका हुन् ।
उनीहरुले विश्वभरीका मानव अधिकारवादी संस्थाहरुको भूूमिका प्रति समेत प्रश्न उठाएका छन् ।
घन्टाघरमा आयोजित सभामा नेपाली कांग्रेसका नेता पूर्वमंत्री सुरेन्द्र चौधरी मुस्लिम अगुवाहरु बाबुजान अली, महमद बसुरुद्दिन अन्सारी, लालबाबु शेख, नैमुद्दिन अन्सारी लगायतले सिरिया आक्रमण अबिलम्ब रोकिनुपर्नेमा जोड दिए ।
सो अवसरमा बालबालिकाहरुले प्ले कार्ड सहित यु्द्ध बन्द गर्न र मानव अधिकारको रक्षा गर्न माग गरेका थिए ।
बालबालिकाहरुले बोकेको प्ले कार्डमा सिरिया माथिको बर्बर दमन बन्द गर, बमको व्यापार बन्द गर, मानवताका लागि आवाज उठाऔं, बालबालिकालाई बाँच्न देउ लगायतका नारा लेखिएको थियो ।
तपाईको प्रतिक्रिया