फागुन २४ काठमाडौँ – बिहीबार काठमाडौँ टुडिँखेलमा ‘गिनिज वल्र्ड रेकर्ड’ राख्न बृहत्त रक्तदान कार्यक्रम सम्पन्न भएको छ । जनसंख्या तथाा बातावरण मन्त्रि लाल बाबु पण्डितको अध्यक्षतामा उक्त कार्यक्रम समापन भएको हो ।
लायन्स क्लब काठमाडौं नेपाल तथा लायन्स क्लब काठमाडौं हिमचुलीले आयोजना गरेको उक्त रक्तदान कार्यक्रमले नेपालको नाम विश्वसामु फैलाउन मद्दत पुग्ने आयोजकहरुले जनाएका छन् ।
कार्यक्रमका सञ्चार संयोजक सुदिपचन्द्र बख्रेलले विश्व रेकर्डका साथै रक्तदानसम्बन्धि जनचेतना फैलाउने उद्देश्यले रक्तदान कार्यक्रम गरेको बताए ।
तपाईको प्रतिक्रिया