logo

शर्माको सम्झनामा श्रद्धाञ्जली सभा सम्पन्न 

      6/27/2018 गते 00 00 मा प्रकाशित     990   पटक पढिएको

 


बीरगंज १३ असार ।
स्वतन्त्र मानबअधिकार समाजका केन्द्रिय उपाध्यक्ष रमेश शर्माको असामयिक निधन भएको सातौ दिनको पुण्यतिथिमा बुधवार समाजले श्रद्धान्जली सभा सम्पन्न गरेको छ  ।

 

स्वतन्त्र मानबअधिकार समाजको केन्द्रिय कार्यलय बिरगंजको परिसरमा आयोजित शोक तथा श्रद्धान्जली सभामा बक्ताहरुले स्वर्गीय शर्माले मानबअधिकारको क्षेत्रमा पर्सामा पुर्याउनु भएको योगदान अतुलनीय रहेको र उहाको अभाब सधै खड्किरहने बताएका थिए ।

 

समाजका अध्यक्ष कृष्ण कुमार खनालको सभापतित्वमा सम्पन्न शोक तथा श्रद्धान्जली शभामा नेपाल संघिय समाजबादी पार्टीका उपाध्यक्ष राजकुमार यादब,नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का उपाध्यक्ष के.सी. लामिछाने, पोखरिया नगरपालिकाका प्रमुख दिपनारायण रौनियार, समाजसेबी मुकेश सरावगी, राजपाका सह महासचिब नेजामुद्दिन समानी, तरुण दलका हुकुम सिंह,महिला नेतृ बिना देबी, नेपाल संघिय समाजवादी पार्टी पर्साका अध्यक्ष  हरेन्द्र साह कानु, सन्तोष पटेल लगायत स्वतन्त्र मानव अधिकार समाजका केन्द्रिय पदाधिकारी, सदस्यहरुको सहभागिता रहेको थियो ।

 

शोक सभाको सहजिकरण समाजका महासचिब ध्रुब अधिकारीले गरेका थिए । शोक सभा पछि आयोजित समाजको आकस्मिक वैठकले स्वर्गिय शर्माको स्मृतिमा पर्साको पोखरीया तथा वीरगंजमा विभिन्न कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको महासचिव ध्रुव अधिकारीले बताए  ।

 

केन्द्रिय अध्यक्ष कृष्ण खनालको सभापतित्वमा सम्पन्न वैठकमा सचिव नन्दी यादव, कोषाध्यक्ष लालबाबु सिंह, सहकोषाध्यक्ष हरेन्द्र पटेल, दिपक साह कानु, दिपक पटेल, वृजेश टेमानी, अंकित जलान, प्रकाश गुप्ता लगायतको सहभागिता रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




समाज

ट्रयाक्टरको तेल टंयाकीमा ब्राउन सुगर,दुई भारतीय पक्राउ

बारा ।भारतको पूर्वी चम्पारणस्थित शिवनगर इनर्वा पंचायत वडा नम्बर( २ का ३० वर्षीय टुटु कुमार र ३२ वर्षीय टुटु अंसारीलाई बारा प्रहरीले पक्राउ गरेको छ।

पर्सागढीका तीन जना लागु औषध गाँजा सहित पक्राउ

वीरगंज । पर्साको पर्सागढी नगरपालिका वडा नं.३ झबराहाका २९ वर्षिय पंचलाल माझी,२१ वर्षिय मुकेश माझी र ४४ वर्षिय सुनिल बम्जनलाई प्रहरीले पक्राउ गरेको छ ।

खेलकुद

कर्णालीमा हुने दसौँ राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक

काठमाडौँ । कर्णाली प्रदेशमा हुने दसौँ राष्ट्रिय खेलकुदको लोगो र मस्कट मंगलवार सार्वजनिक गरिएको छ ।

वीरगञ्ज गोल्डकप फुटबल प्रतियोगीताको फाईनलमा  मच्छिन्द्र र नेपाल पुलिस भिड्ने

वीरगञ्ज । मच्छिन्द्र क्लब, वीरगञ्जमा जारी दोश्रो वीरगञ्ज गोल्डकप फुटबल प्रतियोगीताको फाईनलमा प्रवेश गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.