logo

नागरिकको आर्थिक अवस्थालाई पनि मानव अधिकारको बिषय बनाइनु पर्छ -उपप्रमुख खातुन 

      6/28/2018 गते 00 00 मा प्रकाशित     1428   पटक पढिएको

पोखरिया १४ आसार  ।
पर्सा जिल्लामा वर्ष २०१८ को पहिलो ६ महिनामा मानव अधिकार उल्लघंन २२ वटा घटना दर्ज भएका छन । पोखरिया नगरपालिकाको श्री जिल्ला उच्चाङ्गल प्राविधिक उच्च माध्यामिक बिद्यालयमा बिहिवार भएको एक समिक्षा गोष्ठीमा यस्तो जानकारी दिइएको हो ।

 

पहिलो पटक सदरमुकाम भन्दा बाहिर गएर अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ को अद्र्धवार्षिक समिक्षा गोष्ठी गरेको हो ।

 

पोखरिया नगरपालिकाका उपप्रमुख एवं न्यायीक समितिका संयोजक सलमा खातुनले महानगरभन्दा बाहिर आएर वर्ष पुस्तकमा समेटिने घटनाको समिक्षा हुनुलाई सुखद भएको बताइन ।

 

उनले सामाजिक न्यायमा पहुच हुने ब्यवस्था निर्माण अधिकारकर्मीले अहिले पनि काम गर्न आवश्यक रहेको बताइन ।

उपप्रमुख खातुनले बिकास निर्माणका कामबाट नागरिकले प्राप्त गर्ने उपलब्धी समेत मानव अधिकारको प्रत्याभूतीसंग जोडिने बताइन । उनले नागरिकको आर्थिक समृद्धिको अवस्था र स्थितिलाई पनि मानव अधिकारको बिषय बनाइनु पर्नेमा जोड दिइन । 


उनले शिक्षा स्वास्थ्य वतावरण रोजगार जस्ता मौलीक हकहरुको कार्यान्वयनको अवस्थाको बिषयमा मानव अधिकारको क्षेत्रबाट पनि निगरानी हुनु पर्ने बताइन । 


कार्यक्रममा इन्सेक पर्साका प्रतिनिधि के.सी.लामिछानेले अद्र्धवार्षि समिक्षा अन्र्तगत २२ वटा घटना  सार्वजनीक गरेका थिए । बलात्कार प्रयास २ बलात्कार का घटना १० जसमध्य १८ वर्ष मुनीका वालिका बलात्कारको घटना ५ मानव बेचबिखनका घटना ३ जसमध्य दुई जना १८ वर्ष मुनीका वालिका बेचिनुबाट उद्धार भएको उनले बताए । त्यसै गरि गर्भ पतको १ बहुविवाहको १ आमा बाबु मिली छोरीको हत्या गरिएको घटना १ वाल बिवाह उधोगका ३ घटना रहेको उनले जानकारी गराएका थिए । 


उनले बिभिन्न स्वास्थ्य चौकीमा उपचारमा आवश्यक हुने औजारहरु पुराना भएको स्वास्थ्य चौकीमा पर्याप्त  स्थान नरहेको जनशक्तिको सहि परिचालन हुन नसकेको स्थानीय तहले अनुदान दिएर खरिद गरिएको धानको बिउ नउम्रिएको जस्ता घटनाहरु पनि समाजमा देखिएको जानकारी गराएका थिए । 


कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका सहसचिव आर.के.पटेलले इन्सेकले सार्वजनीक गरेको घटना भन्दा पनि बढी संख्या हुने सक्ने बताए ।उनले इन्सेकको पहुच भन्दा बाहिर घटना रहन सक्ने चर्चा गर्दै कार्यक्रका सहभागिहरुलाई आफनो ठाउमा भएका घटनाहरुको सूचना इन्सेकलाई उपलब्ध गराउन समेत आग्रह गरेका थिए ।

उनले इन्सेकले प्रकाशन गर्ने वर्ष पुस्तकले हाम्रो मानव अधिकारको अवस्थाको बारेमा बताउने भएकोले घटनाहरु लुक्न नहुनेमा समाजले समेत जोड दिनु पर्ने बताए ।


त्यसैगरि गैर सरकारी संस्था महासंघ पर्साका अध्यक्ष छठु साहले मानव अधिकारको बिषयमा सदरमुकाम भन्दा बारिह पनि छलफलको आयोजना गएिको धन्यवाद दिदै मानव अधिकारको सम्मान र प्रत्याभूतीको वतावरण मनाउन स्थान्ीय सरकारलाई मानव अधिकार मैत्री बनाउन पर्नेमा जोड दिए ।

 

स्थानीय तहमा जनप्रतिनिधिहरुले जे बोल्छन त्यही नै कानून र निर्णय हुने गलत प्रवृतिको बिकास भएको भन्दै त्यसलाई रोक्न आवश्यक रहेको बताएका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

पर्सागढीबाट जुवाडे पक्राउ सार्बजनिक शान्ति विरुद्दको कसुरमा मुद्धा चल्ने

वीरगंज । पर्सागढीको विरुवागुठीमा दिलमाया तामाङले सञ्चालन गरेकी गौरो कटेज खाजा पसलबाट चार जना ब्यक्तिहरु जुवा खेलीरहेको अवस्थामा पक्राउ परेका छन ।

महोत्तरीमा मोटरसाइकल दुर्घटनामा परि एसइ परिक्षा दिएर फर्किएका बिद्यार्थीको मृत्यु

बर्दिवास । महोत्तरीको जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा मा मोटरसाइकल दुर्घटनामा परि तीन जना बिद्यार्थीको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.