logo

नागरिकले अनुभूती गर्ने गरि सेवा प्रवाह गर्छौः अध्यक्ष महतो

      7/10/2018 गते 00 00 मा प्रकाशित     1585   पटक पढिएको

सेढवा, असार २६ - नयाँ संबिधान अनुुसार गत निर्वाचनमार्फत स्थानीय सरकारको रुपमा चुनिएको स्थानीय तहले जनताका बिच आफ्नो काम कारवाहीलाई पारदर्शी रुपमा परिक्षणको कसीको रुपमा लैजाने अवसरको रुपमा पर्साको जिराभवानी गाउँपालिकाले मंगलवार सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । 

 

जिरा भवानी गाउँपालिकाको सेढवास्थित माध्यमिक विद्यालयको प्रांगणमा स्थानीय तहका जननिर्वाचित जनप्रतिनिधि तथा सेवा प्रदायक सरकारी अधिकृत तथा कर्मचारीहरुको उपस्थितीमा सम्पन्न भयो । 

 

सार्वजनिक सुनुवाईमा स्थानीय सर्वसधारणले आगामी बर्षको नीति तथा कार्यक्रमा समेटिनु पर्ने बिषयहरु र यसअघि स्थानीय तहबाट सम्पादन भएका काम कारवाहीसंग जोडिएका जिज्ञासा राखेका थिए ।

 

डुबानका समस्या समाधान, जंगली जनावरले मानव बस्तीमा गर्ने क्षतिको रोगथाम, कृषीमा पर्याप्त बजेट र जानकारीहरु पर्याप्त मात्रामा प्रवाह गर्नु पर्ने लगायतका स्ुझाव स्थानीय जनताले प्राथमितासाँथ उठाए ।

 

असार ३२ गते हुन गइरहेको गाउँसभा परिषदको तयारीमा सार्वजनिक सुनुवाईमा प्राप्त सल्लाह सुझावको आफुहरुले योजना निर्माणमा उपयोग गर्ने जिराभवानी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अमित गिरीले उद्घोष गरे । 

 

गाउँपालिकाको वडा नम्बर २ का अध्यक्ष महादेव महतो थारुको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी रहेका गाउँपालिकाका प्रमुख रामप्रीत महतोले स्थानरयि जनातको सल्लाह सुझाव लिएर आफुहरु बिकास कार्य तथा सेवालाई जनताले अनुभुति गर्ने गरी सम्पादन गर्ने प्रतिबद्ध रहेको बताए ।

 

उनले बिकास निर्माणमा कार्यसंगै शिक्षा, जनस्वास्थ्य, कृषी र रोजगारी बृद्धी प्राथमिकतामा रह्ने उनले बताए । सहयोगि नेपाल संस्थाले संयोजन गरेको कार्यक्रममा गाउँपालिका कि उप प्रमुख उषा चौधरीले गाउँपालिकामा न्यायिक समितिको प्रमुख र जनप्रतिनिधिको हौसियतले लाभग्राहीहरु सन्तुष्टी हुने गरी काम गर्ने प्रतिबद्धता जनाइन् । 

 

संयोजनकर्ता संस्थामा अध्यक्ष समेत रहेका परामर्शदाता तबरेज अहमदले नगारिक संर्वेक्षण र बहिर्गमन प्रतिवेदन पेश गरेका थिए । कार्यक्रमका अतिथी रहेका नेपाल पत्रकार महासंघ, प्रदेश २ का उपाध्यक्ष केसी लामिछानेले सार्वजनिक सुनुवाई पारदर्शी र जवाफदेहिता कायम गर्ने शुसाशनको औजार रहकोले यस्तो कार्यक्रम आयोजन गर्नुलाई प्रसंशा गरे । उनले अरु पालिकाहरुले यसको अनुकरण गर्नु पर्ने बताए । 

 

कार्यक्रममा वडा नम्बर १ का अध्यक्ष शेख नुमान आलम, ३ का उमेशकुमार सिंह, ४ का सुभाष राउत थारु, र ५ का अध्यक्ष दारा सिंह थारुले जनताले उठाएका प्रश्नहरुको जवाफ दिदै आफुहरु बिकास निर्माणका लागि प्रतिबद्ध भएर लागेको बताए । संयोजनाकर्ता संस्थाका प्राविधिक परामर्शदाता आँशु सर्राफ, पत्रकार जय यादव लगायतका उपस्थिती थियो । ​

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

प्रधानमन्त्री राहतकोषमा बिभन्न बैक, मधेश प्रदेशका पदाधिकारी र ब्यक्तिद्वारा सहयोग रकम उपलब्ध गराइदै

वीररगंज ।ग्लोबल आइएमई बैंकले भोटेकोशी नदीको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

जन्मदिनको खर्च कटौती गरेर मातृभूमीमा परेको संकटमा राहतकालागि नेपालले गरे १ लाख सहयोग दिने निर्णय

वीरगंज । नेपालमा बाढी पहिरोबाट सृजीत दुख्द अवस्थाबाट प्रभावित नागरिकको राहत र उद्धारकालागि बेल्जीयमको लुभेन शहर निवासी लोकेन्द्र नेपालले १ लाख रुपैया सहयोग गर्ने भएका छन ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.