logo

आखाँ रोगीहरुको उपचारमा लाख्ने खर्च जिराभवानी गाउँपालिकाले तिर्ने

      7/11/2018 गते 00 00 मा प्रकाशित     1016   पटक पढिएको

 सुवर्णपुर १८जेष्ठ  ।  पर्साको जिराभवनी गाउँपालिका वार्ड नं ३ श्री बीतो महतो मा.बिको प्रांगणमा बुधवार निशुल्क आँखा शिविर सम्पन्न भएको छ ।

 

एक औपचारीक कार्यक्रमको आयोजना गरि निःशुल्क आँखा शिबिर संचालन गरिएको समाजिक अभियान्ता प्रकास थारुले जानकारी दिए  ।

 

वार्ड नं ३ का वार्ड अध्यक्ष उमेश कुमार सिंहको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा  गाउँपालिकका अध्यक्ष रामप्रीत महतो थारुले आखाँको महत्वका बारेमा जानकारी गराएका थिए ।

 

कार्यक्रममा  गाऊँपालिका उपाध्यक्ष उषा चौधरी र प्रसाशकीय अधिकृत  अमित कुमार गिरी, सामाजिक अभियान्ता  प्रकाश थारु लगायतकाको उपस्थिति रहेको थियो । कार्यक्रममा बक्ताहरुले सबल समाज निर्मणको लागि बिकास निर्माणको कामको साथ–साथै सामाजिक विकासको काम पनि हुन पर्नेमा जोड़ दिएको बताईएको छ  ।

 

निःशुल्क आँखा शिबिरमा नेपाल भिजन केयर अस्पताल वीरंगजका प्राविधिकहरुले सहयोग पुर्र्याका थिए भने आखाँ शिबिर कार्यक्रमको संचालन दिपेन्द्र चौधरीले गरेका थिए । शिबिरमा गाउँपालिका अध्यक्ष महतो र उपाध्यक्ष चौधरी सहित २ सय ५५ महिला तथा २ सय १०पुरुष  ग़री जम्मा ५ सय ६५ जनाको आखाको परिक्षण गरिएको छ ।


जस मध्ये  १२ जना को आँखा मा मासु पलाएको छ भन्ने १ सय १३ जानामा मोतियाबिन्द फेला परेको छ ।
यी सबै आँखा को बिरामीहरुको लाग्ने ऑपरेशन खर्च गाऊपालिका ले दिने घोषणा समेत गाऊ पालिका अध्यक्ष रामप्रीत महतो थारुले गरेका छन । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

क्रिकेटर  प्रविण र एसईईमा सर्वोत्कृष्ट  नतिजा ल्याउने  साह वीरगंज महानगरद्वारा सम्मानित

वीरगंज । नेपाली महिला टोलीलाई विश्वकप क्रिकेटसम्मको यात्रामा योगदान पु¥याउने वीरगंजकी क्रिकेट खेलाडी साना प्रविण र यस वर्षको एसईई परीक्षामा पर्सा जिल्ला प्रथम भएकी रिया साहलाई वीरगंज महानगरपालिकाले आइतबार एक कार्यक्रमकाबीच सम्मान गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.