logo

युवा परिचालनकालागी स्वंय सेवा सम्बन्धी तालिम सम्पन्न

      7/14/2018 गते 00 00 मा प्रकाशित     1719   पटक पढिएको

बीरगंज ३० असार । 
युवा परिचालनकालागी स्वंयसेवा सम्बन्धी तालिम शनीवार बीरगंजमा सम्पन्न भएको छ । तालिमको समापन पछि स्वयंसेवालाई ब्यवस्थित गर्नुका साथै स्वयंसेवा संस्कृतिको बिकासमा टेवा पु¥याउन एउटा समिति निर्माण भएको छ ।

लालबाबु कुशवाहाको अध्यक्षतामा ११ सदस्यीय समिति बनेको समाज बिकास समन्वय समितिका कार्यक्रम संयोजक जय नारायण चौधरी जानकारी दिए । 

 


संयुक्त राष्ट्र संङ्घीय विकास कार्यक्रमको आर्थिक सहयोगमा र समाज विकास समन्वय समितिको सहजीकरणमा तालिम सम्पन्न भएको हो । युएनडीपीको सामाजिक सदभाव तथा लोकतान्त्रिक सहभागिता कार्यक्रम अन्र्तगत विभिन्न माध्यमिक विद्यालय, गैरसरकारी संघ संस्थाका  ३८ जना युवाहरुको तालिममा सक्रिय सहभागिता रहेको थियो । 

सामाजिक संस्था जिल्ला समन्वय समिति पर्साको सभाकक्षमा भएको तालिममा युनिसेफ प्रदेश २ का बालसंरक्षण अधिकृत बृजकिशोर पटेलले स्वयंसेवाको अवधारणाको बारेमा प्रशिक्षण दिएका थिए ।

 

युवाहरुको स्वयसेवी भावनाका कारण आम नागरिकले निकै नै सहयोग पाउने वतावरण बन्ने पटेलले बताए । सेवाको भाव मनमा रहनु पर्नेमा जोड दिदै मानवता नै सेवाको प्रस्थान बिन्दु भएको बताए ।

 

समाज विकास समन्वय समितिका अध्यक्ष राजेन्द्र चौधरीको अध्यक्षतामा संचालन गरिएको तालिममा संस्थाका सहयोगी निर्मला भण्डारील स्वंयसेवा सम्बन्धी कार्यहरुमा युवाहरुको सहभागीता बृद्धि गर्ने तथा स्वय सेवामा संलग्न अभियन्ताहरुले समाजबाट मान सम्मान पाउदै आफनो व्यक्तिगत जीवनमा सकारात्मक परिणम हासिल गर्न बताइन ।  


इन्द्रेणी एफएमका समाचारप्रमुख  उज्जवल शर्माले स्वयसेवा  व्यक्तिको भित्रै मनबाट आउने बताए । उनले समाज परिवर्तनमालागि स्वयसेवीहरुनै अग्रसर हुनु पर्नेमा जोड दिए ।


मावन अधिकार कर्र्मी तथा सामाजिक अभियन्ता प्रकाश थारुले आफूले गरेको स्वय सेवाका उदाहरणीय कार्यहरु प्रस्तुत गरेर सहभागीहरुलाई उत्पेरित गर्नुको साथै स्वंय सेवा कार्यमा भोगेका चुुनौती तथा समस्याका बारेमा प्रकाश पारेका थिए  ।


उक्त कार्यक्रममा सहभागी युवाहरुले आगामी दिनकाकालागि  सरसफाई, सामाजिक विकृती कम गर्नका लागी अभियानहरु संचालन गर्ने ,गुणस्तरीय शिक्षाकालागि अभियान चलाउने   स्थानीय सरकार तथा पालिका कार्यालयलाई सहयोग गर्ने जस्ता स्वंय सेवाका कार्य गर्ने कार्य योजना बनाई कार्यान्वयन गर्र्ने प्रतिवद्धता जाहेर गरेको जयनारायण चौधरीले बताए । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

प्रधानमन्त्री राहतकोषमा बिभन्न बैक, मधेश प्रदेशका पदाधिकारी र ब्यक्तिद्वारा सहयोग रकम उपलब्ध गराइदै

वीररगंज ।ग्लोबल आइएमई बैंकले भोटेकोशी नदीको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

जन्मदिनको खर्च कटौती गरेर मातृभूमीमा परेको संकटमा राहतकालागि नेपालले गरे १ लाख सहयोग दिने निर्णय

वीरगंज । नेपालमा बाढी पहिरोबाट सृजीत दुख्द अवस्थाबाट प्रभावित नागरिकको राहत र उद्धारकालागि बेल्जीयमको लुभेन शहर निवासी लोकेन्द्र नेपालले १ लाख रुपैया सहयोग गर्ने भएका छन ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.