logo

लायन्स कल्ब अफ वीरगंज सेन्ट्रल सिटिको अध्यक्षमा जोशी चयन

      7/16/2018 गते 00 00 मा प्रकाशित     1081   पटक पढिएको

वीरगंज ३२ असार ।
लायन्स कल्ब अफ वीरगंज सेन्ट्रल सिटिको वर्ष २०१८ /१९ को नया  कार्यसमितिको सभापतिमा गुड्डी जोशीलाई चयन गरिएको छ ।

 

वीरगंजको नगरसभा गृहमा आयोजित कार्यक्रममा जोशीलाई वर्ष २०१८/१९ को लागि सभापतिमा चयन गरिएको निवर्तमान सभापति लायन विजया ओझैयाले घोषणा गर्दै पद हस्तान्तरण गरिन ।

 

कार्यक्रमलाई सम्बोधन गर्दै लायन्स कल्बका पिएमसिसि लायन रमेश अग्रवालले लायन्स क्लब अफ वीरगज सेन्ट्रल सिटीले विगतमा झैं सामाजिक सेवामा लायन्सको गरिमालाई अझै उच्च बनाउने अपेक्षा आफुहरुले लिएको बताउदै बधाई ज्ञापन गरे ।

 

 

कार्यक्रममा लायन्स क्लब अफ वीरगंज ग्रिनका उपाध्यक्ष विजय कुशवाहा, लायन्स कल्बकी डिस्ट्रीक एडभाइजर मिनाक्षी गुप्ता, डिस्ट्रीक चीफ उमेश साह कानु, रिजन चेयर पर्सन बासु तिमल्सीना, डिस्टीक कोर्डिनेटर अनामिका पुजारी, जोन चेयर पर्सन राघव आचार्य लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

 

सो अवसरमा क्लबकी सदस्यहरु प्रिया सिलवाल, आश्मा सिंह यादव, मनिषा कुशवाहा लगायतको सहभागिता रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच बेल्जियमको अध्यक्षमा न्यौपाने सर्वसम्मत

वीरगंज । प्रवासी नेपाली मंच बेल्जियमको सातौ अधिवेशनले बिनोद न्यौपानेलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ ।

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

समाज

सहयोद्धा उपर दुरब्यवहारको आरोप, आयोगमा उजुरी,  संसदीय दलको नेता बाट दिए राजीनमा

जनकपुरधाम । आफनै सहयोद्धा महिला उपर दूरब्यवहार गरेको आरोप लागेपछि नेकपा माओवादी केन्द्रका मधेश प्रदेश संसदीय दलका नेता भरत साहले दलको नेताको पदबाट राजीनामा दिएका छन ।

राष्ट्रिय स्वस्थ्यकर्मी महासंघ नेपालको  अध्यक्षमा डा. पौडेल निर्वाचित

वीरगंज । राष्ट्रिय स्वस्थ्यकर्मी महासंघ नेपालको पाँचौ राष्ट्रिय महाधिवेशनले डा. सन्तोष पौडेललाई अध्यक्षमा निर्वाचित गरेको छ ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.