logo

धोवनीका मृतक परिवारले पाए प्रदेश सरकारवाट  क्षतिपुर्ति 

      7/16/2018 गते 00 00 मा प्रकाशित     1112   पटक पढिएको

पर्सा ,३२ असार ।
 वाढीका कारण छोरा गुमाएका पर्सा धोवनी गाउँपालिका वडा न. २ असवारी टोलका धामु यादवलाई प्रदेश सरकारले राहत स्वरुप ५० हजार रुपैया प्रदान गरेको छ ।

 

वाढी पहिरोका मृतक  परिवारलाई नगद ५० हजार रुपैया उपलब्ध गराउँने प्रदेश .२ को सरकारले घोषणा गरेको थियो । 
 प्रदेश न. २ सरकारको तर्फबाट प्रदेश सभा सदस्य सिहासन साह कलवारले पहिलो पटक पर्साका मृतक परिवारलाई राहत स्वरुप ५० हजार रुपैया हस्तनान्तरण गरेका छन् ।

 

मृतक पर्सा धोवनी वडा न. २ असवारी टोलका ७ बर्षिय वालक आलोक कुमार यादवको बुवा धामु यादवलाई स्थानीय नेता, समाजसेवी,प्रहरी तथा जनप्रतिनिधीहरुको रोहवरोहमा सो रकम प्रदान गरिएको थियो । 


मृतकका परिवारजनलाई क्षतिपुर्ति दिदै प्रदेश सांसद कलवारले दुःख प्रकट गर्नु साथै अगामी दिनहरुमा सवधानी अपनाउँन स्थानीयहरुलाई सल्लाह दिए ।

 

नगद वितरण कार्यक्रममा संघिय समाजवादी फोरमका प्रदेश न.  २ का सचिव सल्लाउदिन अहमद,प्रदेश सदस्य मदन चौहान,स्थानीय समाजसेवी देवेन्द्र पटेल लगायतको उपस्थिति रहेको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

क्रिकेटर  प्रविण र एसईईमा सर्वोत्कृष्ट  नतिजा ल्याउने  साह वीरगंज महानगरद्वारा सम्मानित

वीरगंज । नेपाली महिला टोलीलाई विश्वकप क्रिकेटसम्मको यात्रामा योगदान पु¥याउने वीरगंजकी क्रिकेट खेलाडी साना प्रविण र यस वर्षको एसईई परीक्षामा पर्सा जिल्ला प्रथम भएकी रिया साहलाई वीरगंज महानगरपालिकाले आइतबार एक कार्यक्रमकाबीच सम्मान गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.