बीरगंज १ साउन ।
बीरगंज महानगरपालिकाको वडा नं १४ मा रहेको नृसिंह पिप्रामठको संरक्षणको बिषयमा सरोकारवाला जागरुक भएका छन ।
मंगलवार बीरगंज महानगरपालिका वडा नं १४,१५ र परवानीपुर गाउँपालिकाको वडा नं ५ का वडाध्यक्ष तथा नागरिक अगुवाको भेलाले संरक्षणमा काम गर्ने निर्णय गरेको छ ।
तीन स्थानका जनप्रतिनिधि तथा नागरिक अगुवाको सोमवार मठमा भएको भेलाले मठको ब्यवस्थापन तथा संरक्षणकोलागि देवनाथ उपाध्यायको अध्यक्षतामा एउटा समिति गठन भएको छ ।
समितिको उपाध्यक्षमा लालबाबु प्रसाद यादव ,सचिव रामबाबु प्रसाद कोषाध्यक्षमा उमेश प्रसाद साह (गुप्ता) र सदस्यहरुमा ई.बद्री झा,भरत प्रसाद कुर्मी,गजेन्द्र प्रसाद कुर्मी,रामेश्वर प्रसाद कलवार,लाल बहादुर प्रसाद,शिवजी प्रसाद गुप्ता र शिव प्रसाद कुर्मी रहेका छन ।
समितिको आमन्त्रीत सदस्यमा रामजी साह,रामचन्द्र सिंह,रोशन साह,जयमंगल कापर रहेका छन । त्यसैगरि समितिको सल्लाहकारमा पुरुषोत्तम लाल झा ,प्रभू हजारा,के.सी.लामिछाने,रामेश्वर पटेल रहेका छन ।
समितिले नृसिंह पिपरा मठको सम्पत्तीको संरक्षण तथा धार्मिक पर्यटकीय क्षेत्रको रुपमा बिकास गर्नकालागि पहलकदमी लिने बताइएको छ ।
तपाईको प्रतिक्रिया