logo

बाढी पीडित परिवारलाई प्रदेश सरकारको सहयोग 

      7/17/2018 गते 00 00 मा प्रकाशित     1263   पटक पढिएको

बीरगंज १ साउन । 
गत असार १० गते अबिरल वर्षपछि फन्टी खोलामा आएको बाढीले बगाएर ज्यान गुमाएका परिवारलाई २ नम्बर प्रदेश सरकारले आर्थिक सहयोग उपलब्ध गराएको छ । १० गतेको बाढीमा पर्साको पर्सागढी नगरपालिका ८ का प्रतिमाकुमारी राम र सुरेन्द्र महतो धानुकको मृत्यु भएको थियो ।

 

बिद्यालय जाने क्रममा बाढी आएको खोला तर्न लाग्दा उनीहरुको निधन भएको थियो । प्रदेश सरकारले पछिल्लो समयमा आएको बाढीबाट ज्यान गुमाएकाहरुको परिवारलाई पनि प्रतिपरिवार ५० हजारका दरले आर्थिक सहयोग गरेको छ ।

 

मुख्यमन्त्री लालबाबु राउतले उनीहरुको पनि घर घरमा पुगेर प्रदेश सरकारको राहत रकम हस्तान्तरण गरेका छन् ।

 

उनीहरुको परिवारलाई भेटेर मुख्य मन्त्री राउतले राहत रकम हस्तान्तरण गरेको स्वकीय सचिव यादवले जानकारी दिए ।

 

यसअघि सोमबार मुख्यमन्त्री राउतले वीरगञ्ज महानगरपालिकाको राम गढवामा खाल्डोमा डुबेर ज्यान गुमाएका बालक आलोक यादवको परिवारलाई पनि ५० हजारको चेक हस्तान्तरण गरेका थिए ।


यस्तै वाढीका कारण छोरा गुमाएका पर्सा धोवनी गाउँपालिका वडा न। २ असवारी टोलका धामु यादवलाई प्रदेश सरकारले राहत स्वरुप ५० हजार रुपैया प्रदान गरेको छ ।

 

वाढी पहिरोका मृतक  परिवारलाई नगद ५० हजार रुपैया उपलब्ध गराउँने प्रदेश ।२ को सरकारले घोषणा गरेको थियो । 


 प्रदेश न। २ सरकारको तर्फबाट प्रदेश सभा सदस्य सिहासन साह कलवारले पहिलो पटक पर्साका मृतक परिवारलाई राहत स्वरुप ५० हजार रुपैया हस्तनान्तरण गरेका छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

गहवा माई रथ यात्रामा लायन्स क्लबको सेवाभाव, हजारौं श्रद्धालुलाई निःशुल्क खानेपानी वितरण

वीरगञ्ज । गहवा माईको ऐतिहासिक रथ यात्राका अवसरमा लायन्स क्लब अफ वीरगञ्ज, लायन्स क्लब अफ वीरगञ्ज विजयपथ, लायन्स क्लब अफ वीरगञ्ज सेस्मी एकेडेमी र लायन्स क्लब अफ वीरगञ्ज जय गहवा माईले श्रद्धालु भक्तजनप्रति सेवाभाव प्रस्तुत गर्दै संयुक्तरूपमा हजारौं भक्तजनलाई निःशुल्क खानेपानी वितरण गरेका छन्।

खाद्य स्वच्छता मापदण्ड उल्लंघन गरे वीरगंजका तीनवटा मिठाई पसललाई २०/२० हजार जरिवाना

वीरगञ्ज । खाद्य स्वच्छता सम्बन्धी मापदण्ड उल्लङ्घन गरेका तीनवटा पसललाई २०/२० हजार रुपैया जरिवाना गरिएको छ । वीरगञ्ज महानगरपालिका–६ माईस्थानस्थित सञ्जय खोवा भण्डार, गणेश मिष्ठान भण्डार तथा वीरगञ्ज महानगरपालिका–११ रानीघाटस्थित सम्भु लड्डु तथा मिष्ठान भण्डार लाई जरिवाना गरिएको हो ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.