logo

क्रमवद्ध रुपमा वालवालिकाको हत्या अभिभावकमा चिन्ता र आक्रोश

      7/17/2018 गते 00 00 मा प्रकाशित     1191   पटक पढिएको


बीरगंज २ साउन  ।
आयुषलाल साह तेलीको हत्याको घटनाले नागरिकलाई आक्रोशीत बनाइरहेको बेलामा फेरी एक १६ वर्षिया वालिकाको शव फेला परेको छ ।

 

जगरनाथपुर गाउँपालिकाको वडा न ं४ सुपुर निवासी सुनशोकीया  कुमारीको शव गाउँ नजिकै रहेको गन्गोल नदी किनारमा फेला परेको हो  । उनको शव सोमवार फेला बिहान फेला परेको हो ।

 


भारतको पश्चिम चम्पारण जिल्ला पिपरिया स्थायी भर घएकी सुनकोशीया कुमारी बिगत अढाई वर्ष देखी आफनै सानीमाको  घरमा बस्दै आएकी थिइन । सुनकोशीको गन्गोल नदीमा तिरमा शव फेला परेको इलाका प्रहरी कार्याल पोखरियाका प्रहरी निरिक्षक सुभाष बुढाथोकीले जानकारी दिए । 

 


प्रहरीले सुनकोशियाकुमारीको सानी आमा सानो बुवा सहित ६ जनालाई गिरफ्तार गरेर अनुसन्धान गरिहरेको इन्सपेक्टर बुढाथोकीले बताए ।


पर्सामा बितेको २१ महिनाको अवधीमा चार वालवालिकाको हत्या भएको छ । हत्याकाण्डाका दोषीहरु भने कानूनको दायरमा आएका छैनन । दोषीहरु पत्ता नलागेका कारण प्रहरीको सक्षमता माथि प्रश्न उठाउदै आक्रोश ब्यक्त गर्न थालिएको छ । 


०७३ असोज २९ गते बहुदरामाई नगरपालिकाका ८ का बिनोद पटेलका ८ अर्षिय छोरा राजन पटेलको हत्या भएको थियो । उनको बीरगंज चीनीमीलको आवास क्षेत्र पछाडी  रहेको पोखरिमा शव फेला परेको थियो । अन्यत्र हत्या गरेर राजनलाई त्याहा फालिएको घटनाको प्रकृतिले देखाएको थियो । राजन पटेल हत्याकाण्डको गुथ्थी अहिले सम्म सुल्झेको छैन ।

 


यसैगरि ०७४ मंसीर १६ गते सोही नगरपािलकाको वडा नं २ निवासी संजय साहका छोरा १० वर्षिय छोरा सुनील साहको अपहरण भएपछि हत्या भएको थियो ।

 

०७५ असार ३१ गते संजयका सहोदर भाई  शिवजी साहको ६ वर्षिय छोरा आयुसला साह तेलीको हत्या भएको छ । वालकको हत्या गरि पोखरिको डिलमा फ्याकेको अवस्थामा शव फेला पर्नुले चिन्ता बढाएको छ । तीनबटै हत्याको प्रकृतिा हेर्दा पोखरिको उपयोग देखिएको छ ।

 

यि तीनबटै घटनाको अनुसन्धानमा प्रहरीले सफलता हासिल गर्न सकको छैन । पीीडत परिवारले हत्याराहरु कानूनको दायरामा नआउनुलाई गम्भिरता पूर्वक लिएका छन ।

प्रहरी प्रति आश र बिश्वास दुबै थियो तर प्रहरीको सम्बेदनशीलता देखिएन त्यसले निराश बनाएको छ भन्छन राजन पटेलका काका बृजकिशोर पटेल  । 

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

पर्सागढीबाट जुवाडे पक्राउ सार्बजनिक शान्ति विरुद्दको कसुरमा मुद्धा चल्ने

वीरगंज । पर्सागढीको विरुवागुठीमा दिलमाया तामाङले सञ्चालन गरेकी गौरो कटेज खाजा पसलबाट चार जना ब्यक्तिहरु जुवा खेलीरहेको अवस्थामा पक्राउ परेका छन ।

महोत्तरीमा मोटरसाइकल दुर्घटनामा परि एसइ परिक्षा दिएर फर्किएका बिद्यार्थीको मृत्यु

बर्दिवास । महोत्तरीको जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा मा मोटरसाइकल दुर्घटनामा परि तीन जना बिद्यार्थीको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.