logo

कुच्चो लिएर मन्दीर सफाईमा उत्रे प्रदेश सभा सदस्य कलवार 

      7/21/2018 गते 00 00 मा प्रकाशित     1777   पटक पढिएको

बीरगंज ५ साउन
समाज विकास समन्वय समितिले बीरगज महानगरपालिकाको वडा नंं १३ मा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।

सरसफाई अभियानको समुदघाटन प्रदेश सभा सदस्य,  सिहासन साह कलवारले राधेमाई मन्दिरको पारङ्गमा कुच्चोु लागाएर गरेका थिए ।  

कार्यक्रम संयुक्त राष्ट्र संङ्घीय विकास कार्यक्रमको सामाजिक सदभाव तथा लोकतान्त्रिक सहभागिता कार्यक्रम अन्र्तगत  सदभावयूक्त समाजकालागि युवाको सहभागीता परियोजना अन्र्तगत संचालन भएको थियो ।

 

सरसफाई कार्यक्रममा ४० जना युवा स्वयम् सेवक, नेपाल रेडक्रस सोसाइटी, पर्सा शाखाका प्रशासकीय अधिकृत उदय राज शर्मा, बिमनपा १३ का वडा सदस्य, राजकुमार कुशवाहा, राधेमाई मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष हिरा गिरी, कोषाध्यक्ष हजारी साह तेली, सदस्य राजकपुर चौधरी, नेपाल रेडक्रस सोसाइटी, महिला उपशाखा, राधेमाईका सदस्य मंजु चालिसे, सामाजिक अभियन्ता निर्मला भण्डारी तथा समाज विकास समन्वय समितिका पदाधिकारीहरु लगायत  ६० जनाको सहभागिता रहेको थियो ।  

 


प्रदेश सभा सदस्य  सिहासन साह कलवारले स्वयसेवा तथा युवाहरुको परिचालनले देशको विकास गर्न सकिने र समाज परिवर्तनकालागी युवाको भुमिका अहंम हुने तथा सार्वजनिक सम्पतीहरुको संरक्षण र सरसफाई गर्नु हाम्रो दायित्व हो भन्ने उदेश्यले आफै सरसफाई अभियानको अगुवाई गरेका हुन । 

 


वडा सदस्य राज कुमार कुशवाहाले सामाजिक संस्था तथा स्वयं  सेवकहरुको सहकार्यले वडामा उदाहरणीय काम गरेर जनताको आकाक्षा पुर्र्ती गर्न सकिने तथा युवाहूरुको स्वयसेवी भावनाका कारणले आम नागरिकको सजिलै संग स्थानीय तहबाट प्राप्त हुने सेवाहरुमा वृद्ध हुने धारणा ब्यक्त गरे । 

 


सरसफाई अभियानमा जुटेका अन्य सरसफाई अभियन्ताहरुले मन्दिर जस्तो पवित्र स्थललाई सरसफाई गरेकोमा आत्म सन्तुष्टी महशुस गर्दै अगामी दिनहरुमा पनि आफुहरुले यस्ता सामाजिक कार्य योगदान दिने साथै मन्दिर परिसरमा आउने अन्य दर्शनार्थीहरु समेतले कार्यक्रमको प्रशंसा गरेको जानकारी युवा सुचना केन्द्रका सदस्य शिलु गौतमले दिइन । 


परियोजना अन्र्तगत गठित युवा नेटवर्कका संयोजक लालबाबु कुशवाहाले  बिरगज महानगरपालिकाको चार वटा वडाका कार्यालय लाई सहयोग गर्दै आइरहेको तथा स्थानीय सरकारको जुन सुकै क्षेत्रमा युवा स्वय स्ेवक आवश्यकता भएको बेलामा  युवा स्वय सेवकले निःशुल्क सहयोग गर्ने कुराको जानकारी गराए  । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

पर्सागढीबाट जुवाडे पक्राउ सार्बजनिक शान्ति विरुद्दको कसुरमा मुद्धा चल्ने

वीरगंज । पर्सागढीको विरुवागुठीमा दिलमाया तामाङले सञ्चालन गरेकी गौरो कटेज खाजा पसलबाट चार जना ब्यक्तिहरु जुवा खेलीरहेको अवस्थामा पक्राउ परेका छन ।

महोत्तरीमा मोटरसाइकल दुर्घटनामा परि एसइ परिक्षा दिएर फर्किएका बिद्यार्थीको मृत्यु

बर्दिवास । महोत्तरीको जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा मा मोटरसाइकल दुर्घटनामा परि तीन जना बिद्यार्थीको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.