logo

प्रदेश सभा सदस्यद्वारा जन्मदिनको अवसरमा कम्प्युटर प्रदान

      7/28/2018 गते 00 00 मा प्रकाशित     1445   पटक पढिएको

ईसीमाना सम्वाददाता
बीरगंज १२ साउन ।

प्रदेश नम्बर २ का प्रदेश सभा सदस्य भिमा यादवले  आफ्नो ६० औँ जन्मदिनको अवसरमा मध्य नेपाल सन्देश पत्रिकालाई एक थान कम्पयुटर प्रदान गरेकी छिन् ।

वीरगंजबाट प्रकाशित हुदैं आएको मध्य नेपाल सन्देश साप्ताहिक पत्रिकाले आउने दिनमा महिलाहरुको मुद्धालाई उठान गर्न टेवा पुगोस भन्ने उद्धेश्यले कम्प्युटर प्रदान गरेको सभासद यादवले बताइए । 

मध्य नेपाल सन्देशकी सम्पादक कविता खड्कालाई कम्युटर हस्तान्तरण गर्दै प्रदेश सभासद यादवले पत्रकारहरुको समस्या हल गर्न आफूले आउने दिनमा पनि सहयोग गर्ने प्रतिवद्धता जनाइन । उनले पत्रकार महिलाहरुले गरेको परिश्रमले आफूलाई प्रेरीत गरको भन्दै नितान्त आफनो नीजि खर्चमा कम्युटर दिएको बताइन ।

 

जन्मोत्सव एउटा बाहाना हो यादवले भनिन “तपाईहरुले सूचना पाउने नागरिकको अधिकारको प्रत्याभूतीको निम्ति गर्नु भएको कामलाई सम्मान गर्न सानो प्रयास हो ”। 

महिला पत्रकारहरुको ब्यवस्थापनमा प्रकाशीत हुदै आएको मध्यनेपाल सन्देश पत्रिकाको गुणत्मक प्रस्तुतीमा थोरै भएपनि टेवा पुगोस भन्ने आफनो चाहना रहेको यादवले बताइन । 
सो अवसरमा प्रदेशसभा सदस्य यादवको जन्मदिनको अवसरमा पत्रिकाका प्रकाश सम्पादक कविता खडका,निलम पन्त शोभा धमला, सन्ध्या पौडेल लगायतका पत्रकारले उनलाई शुभकामना ब्यक्त गरेका थिए । 

कार्यक्रममा बेटी पढाई बेटी बचाई  अभियान पर्सा जिल्लाकी संयोजक पुष्पा पाण्डे, नेपाल पत्रकार महासंघका पार्सद विजय भण्डारी, चेली कृषि सहकारी संस्थाकी अध्यक्ष कमला घिमिरे, संस्कृतिका अध्यक्ष आशु सरार्फ, सञ्चारकर्मी सुरेश विडारी, नेहाल खान, प्रणय साह, जाकिर हुसेन् बलिराम यादव लगायतको उपस्थिति रहेको थियो ।  
 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.