logo

तेरपंथी समाज र ज्योती क्लवको आयोजनामा रक्तदान,दुई सय पन्चान्ब्बे जनाले गरे रक्तदान

      7/28/2018 गते 00 00 मा प्रकाशित     1393   पटक पढिएको

ईसीमाना सम्वाददाता
बीरगंज १२ साउन ।

वीरगन्जको जैन सभाहलमा जैन श्वेताम्बर तेरापंथी र जैन श्वेताम्बर तेरापंथी महिला मण्डलले रक्तदान सम्पन्न गरेको छ । वीरगन्जमा रक्तको अभाव देखिएको कारण  जैन श्वेताम्बर तेरापंथीले यो रक्तदानको कार्यक्रमको आयोजना गरेको नेपाल भारत सहयोग मंचका केन्द्रीय अध्यक्ष अशोक वैद्यले बताए ।


कार्यक्रममा २ सय १९ जनाले रक्तदान गरेको रक्तसंचार केन्द्रका प्रमुख प्रविण मानन्धरले जानकारी दिए ।

धर्म ,संस्कृति, परम्परा, अनुशासन, कर्तव्य र नैतिकताको एकत्रित रूप पनि हो । एउटा मानिसलाई दुःख पर्दा अको मानिसले सहयोग गर्नु मानवीय कर्तव्य हो । मानव जीवनका धेरै क्षेत्रमा जोखिम र कष्टपूर्ण अवस्थामा रहेका, मानवीय सङ्कटमा परेका वा पर्न सक्ने समुदायको भलाईका लागि जीवन रक्षा र सोचमा परिवर्तन ल्याउन   रक्तदान कार्यक्रम गरेको अध्यक्ष बैद्यले बताए । 


कायक्रममा प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल, प्रदेश २ का सभासद रमेश कुर्मी,पर्साका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौड्याल,जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक रेवती ढकाल र सशस्त्रका प्रहरी उपरिक्षक प्रेमध्वज शाह ,  नेपाल पत्रकारमहा संघ पर्साका अध्यक्ष श्याम बन्जारा,लगायतको उपस्थिति रहेको थियो ।


त्यस्तै ज्योती युवा क्लब बजार छपकैयाले आयोजना गरेको रक्तदान कार्यक्रममा ७६ जनाले रक्तदान गरेको ब्लोदानका सह सचिव उमेश गुप्ताले बताए । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

सामुदायिक रेडियो नारायणी एफएमको वार्षिकोत्सवका अवसरमा समाचार वाचन प्रतियोगिता, तिमिल्सीना भए प्रथम

वीरगन्ज । सामुदायिक रेडियो नारायणी एफएमले आफ्नो २०औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको समाचार वाचन प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।

रौतहटमा दुर्घटनापछिको तनाव, क्षतिपूर्तिको माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

रौतहट । रौतहटको चन्द्रनिगाहपुरस्थित मोथियाही पुल नजिकै शनिबार दिउँसोदेखि मृतकका आफन्तले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.