logo

बीरगंज महानगरमा एकै दिन पौने दूई सय  सफाई कर्मचारीको नियुक्ति 

      8/1/2018 गते 00 00 मा प्रकाशित     2674   पटक पढिएको

बीरगंज १६ साउन । 
बीरगंज महानगरपालिकाले आफना सफाई कर्मचारीलाई नयाँ नामाकरण गरेको छ ।

 

बीरगंज महानगरको सर सफाईमा कार्यरत कर्मचारीहरुलाई यस अन्दा अघि च्यामे पोडेको दर्जामा सम्बोधन हुदै आएकोमा अव उप्रान्त सफाई कर्मचारीलाई “कुचीकार”को रुपमा सम्बोधन गरिने छ । उनीहरुको दर्जा समेत तहगत रुपमा कुचीकार भनेर सम्बोधन गरिने भएको हो । 

 


बीरगंज महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका डा. भिष्म भूषालले सरसफाईको काममा संलग्न कर्मचारीलाई च्यामे पोडे जस्ता हेय र हेला मिसिएको सम्बोधन हुने गरेको थाहा पाएपछि उनीहरुलाई अव उप्रान्त च्यामे पोडे भन्न र लेख्न समेत नपाईने गरि महानगरमा रहेका सबै महाशखाहरुलाई निर्देशन दिएका छन ।

 

डा. भूषालले सफाई कार्यमा संलग्न कर्मचारीको कामलाई सम्मानपूर्ण रुपमा हेरिनु पर्नेमा जोड दिए  । उनले सफाई कर्मचारीलाई तथाकथित तल्लो जातिको भनेर हेप्ने सामाजिक मान्यतालाई थप  बल पुग्ने गरि त्यस्तै सम्बोधन गर्ने कुरा ठिन नहुने बताए ।

 

सफाईमा काम गर्ने कर्मचारीका पुस्तौ पुस्ताले त्याही काम गर्नु पर्छ भन्ने जरुरी नरहेको बताउदै समाजसंगको अन्तरघुलनका लागि उनीहरुमा आत्मबिश्वासको बिकास पनि गर्नु पर्ने आजको आवशयकता रहेको डा.भूषालले स्पष्ट पारे ।


हेपाई माथि हेपाई सहदै र खेप्दै आएका बीरगंजका सफाई कर्मचारीहरुको हाजिरी रजिष्ट्ररमा अव च्यामे पोडे मेस्तर जस्ता पद उल्लेख हुने छैनन ।

 

अव उनीहरुले कुचीकारको रुपमा आफूलाई  पाउने छन । सफाईको काम एउटा निश्चित जाति वा समुहले मात्रै गर्नेु पर्ने  मान्यता ठिक नभएकोले पनि बीरगंज महाानगरले सफाई कर्मचारीको ले गर्दै आएको कामलाई पेशााका रुपमा स्थापित गर्न खोजेको देखिन्छ । सफाई काम हो त्यही काम गरेका आधारमा समाजमा सफाई कर्मचारीको पहिचान तथाकथित दलीत रुपमा हुन ठिक नहुने डा. भूषालको  भनाई छ । 


बीरगंज महानगरमा कार्यरत १ सय ८६ सफाई कर्मचारीहरु जसलाई च्यामे दर्जामा नियुक्त गरिएको थियो । उनीहरुको नियुक्ति खारेज गरि कुचिकारमा भर्ना गरिएको बीरगंज महानगरले जनाएको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

गहवा माई रथ यात्रामा लायन्स क्लबको सेवाभाव, हजारौं श्रद्धालुलाई निःशुल्क खानेपानी वितरण

वीरगञ्ज । गहवा माईको ऐतिहासिक रथ यात्राका अवसरमा लायन्स क्लब अफ वीरगञ्ज, लायन्स क्लब अफ वीरगञ्ज विजयपथ, लायन्स क्लब अफ वीरगञ्ज सेस्मी एकेडेमी र लायन्स क्लब अफ वीरगञ्ज जय गहवा माईले श्रद्धालु भक्तजनप्रति सेवाभाव प्रस्तुत गर्दै संयुक्तरूपमा हजारौं भक्तजनलाई निःशुल्क खानेपानी वितरण गरेका छन्।

खाद्य स्वच्छता मापदण्ड उल्लंघन गरे वीरगंजका तीनवटा मिठाई पसललाई २०/२० हजार जरिवाना

वीरगञ्ज । खाद्य स्वच्छता सम्बन्धी मापदण्ड उल्लङ्घन गरेका तीनवटा पसललाई २०/२० हजार रुपैया जरिवाना गरिएको छ । वीरगञ्ज महानगरपालिका–६ माईस्थानस्थित सञ्जय खोवा भण्डार, गणेश मिष्ठान भण्डार तथा वीरगञ्ज महानगरपालिका–११ रानीघाटस्थित सम्भु लड्डु तथा मिष्ठान भण्डार लाई जरिवाना गरिएको हो ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.