logo

युवाहरुलाई शान्ति र सृजनाको बाहक बन्न अपिल

      8/12/2018 गते 00 00 मा प्रकाशित     1618   पटक पढिएको

बीरगंज २७ साउन ।
सामाजिक बिकास समन्वय समितिको आयोजनामा १९ औ अन्तराष्ट्रीय युवादिसव भब्यता पूर्वक मनाइएको छ । 
समितिका अध्यक्ष राजेन्द्र चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा वक्ताहरुले आजको युवाहरुको भूमिका,अवसर र चुनौतीको बारेमा प्रकाश पारेका थिए । 


नेपालका सबै परिर्वतनमा युवाहरुको उल्लेख्य भूमिका भएपनि मुलुकमै उद्यम गर्ने वतावरण नपाएर युवाहरु निराश भएको भन्दै  वक्ताहरुले चिन्ता ब्यक्त गरेका थिए । 


कार्यक्रममा वक्ताहरुले आजको युवापुस्ताले फराकिलो ढंगले सोच्ने र त्यो सोचाईलाई सदैव सकारात्मक बनाउन आवश्यक रहेकोमा जोड दिए ।

उनीहरुले समाजमा श्रम गर्नेलाई सम्मान गर्ने संस्कृतिको बिकास गर्न सकियो भने उद्यमशिलाता बढ्नेमा वक्ताहरुले जोड दिए ।

स्थानीय सीप,स्रोत साधन र ज्ञानको उपयोगले पनि राम्रो अवस्था निर्माण हुनेमा वक्ताहरुले बिश्वास ब्यक्त गरे । युएनडीपीको सहायोगमा आयोजना गरिएको कार्यक्रममा वक्ताहरुले युवाहरुलाई शान्ति र सृजनाको सम्वाहक बन्नु पर्नेमा जोड दिए । 


कार्यक्रममा प्राध्यापक डा.दिपक शाक्य,नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष के.सी.लामिछाने बिद्यार्थी नेता प्रभाकर गुप्ता, युवा अभियान्ता सरोज चौरसिया पत्रकार महिला समाजका अध्यक्ष लक्ष्मी खरेल युवा नेता सन्तोष गुप्ता  बिद्यार्थी नेता शिवजी गुप्ता लगायतले कार्यक्रममा मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रमको संचालन जय नारायण चौधरीले गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मुस्ताङमा अनुमति बिना मानवरहित ड्रोन क्यामरा उडाउँदै  गरेका भारतीय पर्यटकको क्यामरा नियन्त्रणमा

मुस्ताङ । अन्नपूर्ण संरक्षित क्षेत्र मुस्ताङमा अनुमति बिना मानवरहित ड्रोन क्यामेरा उडाउँदै गरेको अवस्थामा प्रहरीले एक भारतीय पर्यटकको ड्रोन क्यामरा नियन्त्रणमा लिएको छ ।

राजनीतिकर्मी साहको पहलमा बिद्यालयको भवन बन्दै, एक कार्यक्रमका वीच गरियो शुरुवात

वीरगंज । पकाहा मैनपुर गाउँपालिकाको वडा नं ४ मा रहेको नेपाल राष्ट्रिय आधारभूत बिद्यालय श्यामपुर भेलाहमा नयाँ भवनको बिहिवार एक कार्यक्रमकावीच शिलान्यास गरिएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.