वीरगन्ज, १ भदौ । यस वर्षको स्वःसुबोध सिंह फोटो पत्रकारिता पूरस्कार २०७५ वीरगन्जका फोटो पत्रकार पंकज श्रेष्ठलाई प्रदान गरिएको छ ।
प्रतीक दैनीकले स्थापना गरेको पुरस्कार प्रतीकको ३२ औ वार्षिकोत्सवको अवसरमा आज बितरण गरिएको हो । नेपाल पत्रकार महासंघ पर्सा शाखाको सभाकक्षमा आयोजना गरिएको कार्यक्रममा प्रदेश नम्बर २का भौतिक पूर्वधार विकास मन्त्रि जितेन्द्र सोनलले नगद २५ हजार र कदर–पत्रले फोटो पत्रकार श्रेष्ठलाई सम्मानित गरेका हुन ।
त्यसैगरि स्तम्भ लेखक अनन्तकुमार लाल दास र सम्पवाददाता रामेश्वर मेहतालाई पनि कार्यक्रम सम्मानीत गरिएको थियो ।
प्रतीक दैनीक संचालक समितिका अध्यक्ष विन्दु शर्माको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रतिनिधी सभाका सदस्य प्रदीप यादव, नेपाली काँग्रेस पर्साका अध्यक्ष अजय कुमार द्विवेदी, नेकपा पर्साका जिल्ला संयोजक प्रभु हजरा,नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जार लगायतका वक्ताहरुले मन्तब्य ब्यक्त गर्दै स्व.सुवोध सिंहको बारेमा प्रकाश पारेका थिए ।
तपाईको प्रतिक्रिया