logo

पत्रकार दियालीमाथि आक्रमण महासंघद्वारा दोषीलाई कारवाहीको माँग

      2/12/2019 गते 00 00 मा प्रकाशित     1214   पटक पढिएको

नवलपुर, २९ माघ । 
 सामुदायिक रेडियो सर्लाहीका स्टेशन म्यानेजर सोम दियालीमाथि मंगलवार आक्रमण भएको छ । सर्लाहीको हरिवन नगरपालीकाको सुके पोखरीस्थित चतुरभुजेश्वर मन्दिरको पश्चिम पट्टि रहेको चिया पसलमा दियालीमाथि आक्रमण भएको हो ।

 

रेडियो सर्लाहीबाट डेढ किलोमिटर पर आफुलाई हरिवन नगरपालीका ११ बालगंगाका इमरान खानले बिहान ११ बजे चिया खान  बोलाएको  र खान आफुसंग परिचित व्यक्ति भएको कारण बोलाए पछि चिया खान गएको बेला एक समुहले आक्रमण गरेको उनले बताएका छन ।

 

चिया खाईरहेकै समय उनीमाथि २ जना नकाबधारी व्यक्तिले आक्रमण गरेका थिए । कुटपिट पछि घाईते दियालीलाई खानलेनै अस्पताल पुर्याएका थिए । उनकोे आँखा, मुख र टाउकोमा गम्भिर चोट लागेको छ । उनको हरिवनस्थित स्वाभिमान अस्पतालमा समान्य पछि थप उपचारका लागि काठमाण्डौं लगिएको परिवारले जनाएको छ । खानलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 


जिल्ला प्रहरी कार्यलय सलार्हीले उनी माथी अनुसंधान भैरहेको र अन्य फरार रहेका २ जनाको खोजी भैरहेको जनाएको छ । तर प्रहरीले समाचारको बिषयलाई लिएर कुटपिट भएको हो वा अन्य कारणले हो खुल्न नसकेको जनाइएको छ । 

 


यता दियाली माथि भएको सांघातिक हमला र निर्मम कुटपिट निन्दनीय भएको नेपाल पत्रकार महासंघ सर्लाही शाखाले जनाएको छ ।शाखा अध्यक्ष बिश्वनाथ ठाकुरले एक बिज्ञप्ति जारी गरि  दोषीमाथी कारबाही र पीडितलाई न्यायसहितको क्षतीपुर्तिका लागि जोडदार माग गरेका छन ।
 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.