बीरगंज ३१ असार ।
बीरगंज महानगरपालिकाको वडा नं १४ चीनीमिल आवास क्षेत्र अगाडिको टोलमा टेल सुधार समिति गठन भएको छ । नयाँबस्तीका ब्रम्हस्थानमा शनिवार भएको टोल भेलाले समिति गठन गरेको हो । समितिको अध्यक्षमा हरि गौतम सर्वसम्मत रुपमा चयन भएका छन । त्यसै गरि उपाध्यक्षमा परशुराम सिंह सचिवमा ऋषि सत्याल ,सह सचिवमा कन्चन कोइराला कोषाध्यक्षमा नवल किशोर सिंह र सदस्यहरुमा निभा दास,बिन्दु देवी चौरसिया ,रामानन्द पटेल ,अनिल चौरसिया,अवध किशोर सिंह र संजय तिवारी रहेका छन ।
त्यसै गरि समितिको सल्लाहकारमा के.सी.लामिछाने डा.अशोक दास,डा.कृपासिन्धु चौधरी ,अरुण कुमार झा अरविन्द अमात्य र गणेश झा रहेका छन ।
टोल सुधार समितिले टोलको पूर्वाधार बिकासमा पहल गर्ने अध्यक्ष हरि गौतमले प्रतिवद्धता जनाए ।
उनले टोलको बिकासकोलागि समितिलाई सबै टोलबासीको सहयोग प्राप्त हुने बिश्वास ब्यक्त गरे । सामाजिक काममा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका गौतमले टोलको बिकासमा आफूले सकेको इमान्दार प्रयास गर्ने बताए ।
टोल भित्र सर्वाजनीक जमीनको अतिक्रमण ,मुख्यसडकको दाया बाया फूटपाथ अतिक्रमण नालाको निकास सडकको निर्माण जस्ता समस्याहरुमा काम गर्नु पर्ने आवश्यकता रहेको बताए ।
सामाजिक मित्रताको र समाजमा अन्तरघुलनमा देखिएको अन्यौलतालाई अन्त्य गरेर समाजलाई एउटै मालामा उनेर अगाडि बढाउन आफनो समितिले काम गर्ने उनले बताए ।
वडा नं १४ पिप्रामा रहेको नयााबस्ती टोलमा मुख्य सडक निर्माण भएको छ ।
मझौला शहर एकीकृत शहरी वातावरणीय सुधार आयोजनाको दोश्रो चरण अन्र्तगत सडक निर्माणको काम अव अन्तिम भएको छ । बीरगंज शहर भित्र यति राम्रो सडक भएको ठाउ नयाँबस्ती मात्रै भएकोले पनि नयाँबस्तीलाई राम्रो बनाउन समितिका अगाडि चुनौती रहेको छ ।
महानगरले सरसफाईको काम नीजि क्षेलाई हस्तान्तरण गरेपछि टोल सुधार समितिहरु मार्फत सरसफाई योजना लागु गर्न खोजिएको भन्दै यसको आलोचना समेत भएको छ ।
सरसफाईको काममा बाट महानगरले हात झिकेर ब्यवसायीको जिम्मा लगाएको छ एक स्थानीयले भने करको मार त हामीमाथि छदैछ सर।सफाईको नाममा छुट्टै शुल्क लिन नपाइने कुरामा समिति सजग हुनु पर्छ । टोल सुधार समितिलाई सरसफाईको नाममा ठेकेदारको सहयोगी बनाउने काम नगर्न स्थानीयले सुझाव दिएका छन ।
ठेकेदारको मतियार बन्ने होइन टोलको बिकास निर्माण र सामाजिक तथा सास्कृतिक जीवनमा अन्तरघुलनकालागि काम गर्नु पर्ने रामकुमार शर्माले सुझाव दिए ।
तर समग्र टोलको बिकासमा समितिले काम गर्नु पर्नेमा स्थानीयले सुझाव दिएका छन ।
टोलको बिकासकालागि एकिकृत पहल गर्ने उद्धेश्यले निर्माण गरिएको संस्थालाई नयाँबस्तीका १ सय ५१ घरधुरीले सघाउने प्रतिवद्धता दिएका छन ।
तपाईको प्रतिक्रिया