logo

छिपहरमाईमा  इमर्जेन्सी किट, वाटर फिल्टर र सोलर लाईट वितरण

      8/29/2019 गते 00 00 मा प्रकाशित     2412   पटक पढिएको

वीरगंज १२ भदौं  ।  पर्सा जिल्लास्थित छिपहरमाई गाउँपालिकाको जयमङ्गलापुरमा बिहिबार एक कार्यक्रम बीच बाढी प्रभावित बस्तीमा राहत सामग्री र इमर्जेन्सी किट वितरण गरिएको छ । 

समर्थ नेपालको आयोजना तथा सृजनशील युवाहरुको समुह संस्कृतीको सहकार्यमा छिपहरमाई गाउँपालिकाको वडा नं . ३ स्थित जयमङ्गलापुरमा गत महिना आएको बाढीबाट प्रभावित ४० परिवारलाई राहत सामग्री, इमर्जेन्सी किट र वाटर फिल्टर (पानी सुद्धिकरण गर्ने उपकरण) वितरण गरिएको हो ।

द वर्ल्ड ईज माई कन्ट्री फाउन्डेसन र द वाटर वियरर्सको सहयोगमा तैयार पारिएका प्रत्येक किटमा ४ थान फ्लिस ब्ल्याङ्केट, १ थान प्राथमिक उपचार किट, १ थान महिलाहरुलाई प्रयोग गर्न बनाईएको फ्रीडम किट, १ थान वाटर फिल्टर गर्ने उपकरण, एक थान बाल्टिन, एक थान मग, एक थान आपतकालीन ब्याग र १ थान सोलार लाईट रहेको छ । 

पिडितहरुलाई राहत वितरण गर्दै  छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोज कुमारले विगतमा विभिन्न संस्थाले गाउँपालिकामा राहत वितरण गरेपनी समर्थ नेपालले उपलब्ध गराएको सामग्री अनौठो र भिन्न भएको बताउदै खुसी व्यक्त गरे । उनेले प्रदान गरिएका सम्पूर्ण सामग्री लामो समय सम्म प्रयोग गर्न मिल्ने भएकोले पिडितहरुलाई भविष्यमा समेत काम लाग्ने बताए । अध्यक्ष कुमारले युवाले आफ्नो समाज प्रतीको दाइत्व बुझेर यसरी नै काम गरे समाजका सम्पूर्ण कुरिती र समस्याहरुको अन्त्य हुँदै जाने विश्वास व्यक्त गर्दै आबद्ध संस्थाहरुलाई यस्ता कार्यहरुलाई निरन्तर दिन आग्रह समेत गरेका थिए ।

अध्यक्ष कुमारले छिपहरमाई गाउँपालिकामा बाढीको समस्या पटक पटक आउने भएकोले यस्को दीर्घकालीन उपायकालागी संघीय र प्रदेश सरकार संग निरन्तर सम्पर्कमा रहेर काम गरिरहेको बताए ।
 द वाटर वियरर्सकी प्रतिनिधी जेन ब्रिटोनले बाढी, हुरी जस्ता विभिन्न विपतका बेला आफुलाई शुरक्षित राख्ने प्रक्रिया बारेमा जानकारी गराउदै वाटर फिल्टर प्रयोग गर्न प्रशिक्षण समेत प्रदान गरेकी थिईन । उनले आफ्नो संस्थाले आगामी दिनमा थप विद्यालय र उपयुक्त स्थानहरुमा यस्तै फिल्टर र सोलार लाईट जडान गर्न  सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्ति गरीन ।

जेन र समर्थ नेपालकी प्रियाषा महर्जनले महिलाहरुलाई केन्द्रित गरेर बनाईएको फ्रीडम किट र पुन प्रयोज्य सेनेटरी प्याड उपयोग र त्यसको फाईदा बारे उपस्थित महिलाहरुलाई प्रशिक्षण दिएका थिए ।   

संस्कृतीका वरिष्ठ सल्लहाकार तथा समाजसेवी तबरेज अहमदले युवाहरुको पहलमा गरिएको यस्ता कार्यक्रमहरुले तिनीहरुमा समाज प्रतीको आफ्नो दायित्व  बारे सचेतना प्रवा हुने बताए । उनले वीभिन्न देशमा राहत र रकम संकलन गरी यहाँ पर्साका बाढी पीडितहरुका लागी ल्याईएको राहतले यहाँका जनता उत्साहित भएको बताए ।

संस्कृतीकी अध्यक्ष शैली चौधरीको सभापतित्वमा आयोजित कार्यक्रममा समर्थ नेपालका सागर पाराजुली, सुरबी रेग्मी, छिपहरमाई गाउँपालिका वडा नं . ३ का वडा अध्यक्ष बिनोद साह, संस्कृतीका कोषाध्यक्ष विनित डालमिया, सदस्यहरु हिमांशु बरनवाल, शशिकान्त सर्राफलगयातको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण आँशु सर्राफले गरेका थिए ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगञ्जमा संयुक्त रक्तदान कार्यक्रम, २५ यूनिट रगत संकलन

वीरगञ्ज । रक्त अभावका कारण बिरामीको उपचारमा आउन सक्ने समस्या न्यूनीकरण गर्ने उद्देश्यले वीरगञ्जमा आयोजित संयुक्त रक्तदान कार्यक्रममा २५ यूनिट रगत संकलन भएको छ।

मलखाद नपाएपछि बहुदरमाईमा जनआक्रोश, नगर कार्यालयमा तालाबन्दी

वीरगञ्ज । खेतीपातीको मुख्य समयमा मलखादको अभावका कारण आक्रोशीत भएका  बहुदरमाई नगरपालिका–४ का स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका छन ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.