logo

धोबिनीका सम्पूर्ण विद्यालयमा वाटर फिल्टर र सोलार बत्ती वितरण

      8/30/2019 गते 00 00 मा प्रकाशित     1625   पटक पढिएको

वीरगंज, भदौं १३ - पर्साको धोबिनी गाउँपालिकाका सम्पूर्ण विद्यालयहरुमा वाटर फिल्टर (पानी सुद्धिकरण गर्ने उपकरण) वितरण गरिएको छ । समर्थ नेपालले सृजनशील युवाहरुको समुह संस्कृतीको सहकार्यमा शुक्रबार धोबिनी गाउँपालिकाको लंगडीमा एक कार्यक्रमबीच गाउँपालिकाका सम्पूर्ण विद्यालयहरुमा वाटर फिल्टर वितरण गरिएको हो ।

 

द वर्ल्ड ईज माई कन्ट्री फाउन्डेसन र द वाटर वियरर्सको सहयोगमा गाउँपालिकाका १७ विद्यालयहरुको सम्पूर्ण कक्षा कोठाहरुमा वाटर फिल्टर जडान गर्न गाउँपालिकालाई ६० थान वाटर फिल्टर हस्तान्तरण गरिएको छ ।

 

कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष तथा प्रमुख अतिथी सुरेश प्रसाद कुर्मीले वाटर फिल्टर जडानले विद्यालयका बालबालिकाहरु पानीले सार्ने रोगबाट बच्ने विश्वाश व्यक्त गरे । उनले सहयोगी सम्पूर्ण संघ संस्थाहरुलाई यस्ता सामाजिक कार्यलाई निरन्तरता दिन आग्रह गरे ।

 

कार्यक्रममा द वाटर वियरर्सकी प्रतिनिधि जेन ब्रिण्टोनले वाटर फिल्टर जडान र उपयोग बारे प्रयोगबारे परिक्षण दिएकी थिईन । उनले उपस्थित सबैलाई पानिको महत्वबारे समेत जानकारी गराईन । त्यसैगरी समर्थ नेपालकी सह संस्थापक तथा निर्देशक प्रियाशा महर्जनले वितरित सोलार बत्ती प्रयोगबारे प्रशिक्षण दिएकी थिईन ।

 

कार्यक्रमका सभापती संस्कृतिका वरिष्ठ सल्लहाकार तबरेज अहमदले सुद्ध पानीले समाज र गाउँ स्वास्थ्य रहने भएकोले वितरित वाटर फिल्टर महत्वपूर्ण रहेको बताए । कार्यक्रममा समर्थ नेपालका सागर पाराजुली, सुरबी रेग्मी, संस्कृतीका कोषाध्यक्ष विनीत डाल्मियालगयातको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण आशुँ सर्राफले गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगञ्जमा संयुक्त रक्तदान कार्यक्रम, २५ यूनिट रगत संकलन

वीरगञ्ज । रक्त अभावका कारण बिरामीको उपचारमा आउन सक्ने समस्या न्यूनीकरण गर्ने उद्देश्यले वीरगञ्जमा आयोजित संयुक्त रक्तदान कार्यक्रममा २५ यूनिट रगत संकलन भएको छ।

मलखाद नपाएपछि बहुदरमाईमा जनआक्रोश, नगर कार्यालयमा तालाबन्दी

वीरगञ्ज । खेतीपातीको मुख्य समयमा मलखादको अभावका कारण आक्रोशीत भएका  बहुदरमाई नगरपालिका–४ का स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका छन ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.