logo

धोबिनीका सम्पूर्ण विद्यालयमा वाटर फिल्टर र सोलार बत्ती वितरण

      8/30/2019 गते 00 00 मा प्रकाशित     1470   पटक पढिएको

वीरगंज, भदौं १३ - पर्साको धोबिनी गाउँपालिकाका सम्पूर्ण विद्यालयहरुमा वाटर फिल्टर (पानी सुद्धिकरण गर्ने उपकरण) वितरण गरिएको छ । समर्थ नेपालले सृजनशील युवाहरुको समुह संस्कृतीको सहकार्यमा शुक्रबार धोबिनी गाउँपालिकाको लंगडीमा एक कार्यक्रमबीच गाउँपालिकाका सम्पूर्ण विद्यालयहरुमा वाटर फिल्टर वितरण गरिएको हो ।

 

द वर्ल्ड ईज माई कन्ट्री फाउन्डेसन र द वाटर वियरर्सको सहयोगमा गाउँपालिकाका १७ विद्यालयहरुको सम्पूर्ण कक्षा कोठाहरुमा वाटर फिल्टर जडान गर्न गाउँपालिकालाई ६० थान वाटर फिल्टर हस्तान्तरण गरिएको छ ।

 

कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष तथा प्रमुख अतिथी सुरेश प्रसाद कुर्मीले वाटर फिल्टर जडानले विद्यालयका बालबालिकाहरु पानीले सार्ने रोगबाट बच्ने विश्वाश व्यक्त गरे । उनले सहयोगी सम्पूर्ण संघ संस्थाहरुलाई यस्ता सामाजिक कार्यलाई निरन्तरता दिन आग्रह गरे ।

 

कार्यक्रममा द वाटर वियरर्सकी प्रतिनिधि जेन ब्रिण्टोनले वाटर फिल्टर जडान र उपयोग बारे प्रयोगबारे परिक्षण दिएकी थिईन । उनले उपस्थित सबैलाई पानिको महत्वबारे समेत जानकारी गराईन । त्यसैगरी समर्थ नेपालकी सह संस्थापक तथा निर्देशक प्रियाशा महर्जनले वितरित सोलार बत्ती प्रयोगबारे प्रशिक्षण दिएकी थिईन ।

 

कार्यक्रमका सभापती संस्कृतिका वरिष्ठ सल्लहाकार तबरेज अहमदले सुद्ध पानीले समाज र गाउँ स्वास्थ्य रहने भएकोले वितरित वाटर फिल्टर महत्वपूर्ण रहेको बताए । कार्यक्रममा समर्थ नेपालका सागर पाराजुली, सुरबी रेग्मी, संस्कृतीका कोषाध्यक्ष विनीत डाल्मियालगयातको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण आशुँ सर्राफले गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

रौतहटमा दुर्घटनापछिको तनाव, क्षतिपूर्तिको माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

रौतहट । रौतहटको चन्द्रनिगाहपुरस्थित मोथियाही पुल नजिकै शनिबार दिउँसोदेखि मृतकका आफन्तले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन्।

हेटौंडामा भोलिदेखि देखि सडक विस्तारः २५/२५ गजभित्रका संरचना हटाइने,२५ वटा डोजर र २५ वटा अन्य मेसिन प्रयोग हुने

हेटौंडा । भोलिदेखि हेटौंडाको रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म, साथै बुद्धचोक–सामरी पुल खण्डसम्म पर्ने २५/२५ गजभित्रका घर–टहरा तथा अन्य संरचना भत्काइने भएका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.