logo

छोरी सुरक्षाका बिषयमा गम्भिर चिन्तन ,सरकारलाई जिम्मेवार बन्न आग्रह

      9/12/2019 गते 00 00 मा प्रकाशित     1133   पटक पढिएको


बीरगंज २६ भदौ । ग्लोबल विजनश क्लेजको आयोजनामा छोरीको सुरक्षाका बिषयमा अन्तरक्रिया सम्पन्न भएको छ । कार्यक्रममा वक्ताहरुले छोरी सुरक्षाका लागी संघ, प्रदेश र स्थानीय सरकार जिम्मेवार हुनुपर्ने बताएका थिए ।

क्लेजको सभाहलमा आयोजित कार्यक्रममा सरकारले समान्य लाग्ने नियम कानुन समेत बनाउन नसकेकाले महिला सुरक्षित हुन चुनौती बनेको अधिकारकर्मीहरुको भनाई थियो । महिला नेतृ मोनिका सिंहले एसिड, किटनाशक औषधी लगायत अति सम्बेदनशिल वस्तु खरिदका लागी नीति नियम नबनाईदा सजिलै पहुच भएकाले एसिड आक्रमण भएको  बताईन् ।

 

उनी जस्तै अर्का महिला नेतृ कमला घिमिरेले भने, असुरक्षित भनिएका स्थानहरुमा विजुली बति, सिसि क्यामरा लगायतको उपकरण जडान संगै चोकहरुमा प्रहरी समेत नदेखिने गरेकाले पछिल्लो समय वीरगंजमा यस्ता घटनाहरु बढेको उनको तर्क थियो ।

कार्यक्रममा अधिवक्ता कमल मोहन पोखरेलले कानुनमा एसिड आक्रमणबाट अनुहार नै कुरुप हुने गरेको छ भने ५ लाख जरिवाना र ३ वर्षको कैद जरिवना तोकेको छ भने, शरिरको अन्य भागमा भए २ लाख र डेढ वर्ष कैद सजाए तोकेको जानकारी गराए ।

 

तर यस कैद जरिवाना पीडितको हकमा निकै थोरै सजाए भएकाले नियम संशोधन गरि यसको कैद सजाय र जरिवाना बढाउनुपर्ने उनको सुझाव थियो । कार्यक्रममा प्रहरी नायब उपरिक्षक आनन्तराम शर्माले कहि कतै जादाँ आउदाँ वा कोही कसैले जिस्काउँदा आफ्नो अभिभावक वा प्रहरीलाई उजुरी दिन आग्रह गरे । मुस्कान बहिनिलाई एसिड प्रहारमा संलग्न भनिएकाहरु पक्राउ परिसकेकाले पीडितले न्याय पाउने उनले बताए ।अपराधीको मनोवल बढेकको भन्दै प्रदेशसभाका सदस्य ओमप्रकाश शर्माले असन्तोष ब्यक्त गरे । 

यसैगरी अर्का सांसद प्रहलाद गिरीले भने, महिला महिलाबाटै पिडित हुने गरेकाले लामो समयदेखी महिला हिंसाको कुरा चलिरहदा पनि निर्कोल हुन नसकेको बताएका थिए ।

 

प्रदेश सरकारले ल्याएको बेटी बचाऊ बेटी पढाऊ अभियान अन्तर्गत नै प्रदेश सरकारले हरेक छोरा छोरीलाई समान अधिकार दिलाउन खोजेकाले सोही अनुसार हामी आफूहरुले काम गरिरहेको उनको भनाई थियो । प्रदेश दुई मै भएको यस घटनाले प्रदेश सरकार गम्भीर हुँदै तत्काल एसिड पिडित मुस्कान बहिनिको राहतका लागी ५ लाख रुपैयाँ खर्च दिने र उपचारको व्यवस्थापन गरिएको उनले बताए ।

 

यसैगरी कार्यक्रमका वीरगंज महानगरपालिकाका मेयर विजय सरावगीले एसिड आक्रमण लगतै आफनै  पहलमा ती बहिनिलाई तत्कालै काठमाडौँ पु¥याई थप उपचार गराउन लगाएको बताए । यस्ता घटना हुन नदिन जनचेतनाको खाचो आफुहरुले देखेकाले यसतर्फ इच्छुक विद्यालय, कलेज वा संघ संस्थाका लागी महानगरले प्रशिक्षक उपलब्ध गराउने जानकारी गराएका थिए ।


ग्लोबल विजनस क्लेजका डाईरेक्टर ओम प्रकाश श्रेष्ठले सहजिकरण गरेको कार्यक्रम क्लेजका प्रधानाध्यापक श्रीराम दासको सभापतित्वमा समपन्न भएको थियो ।  

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

रौतहटमा दुर्घटनापछिको तनाव, क्षतिपूर्तिको माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

रौतहट । रौतहटको चन्द्रनिगाहपुरस्थित मोथियाही पुल नजिकै शनिबार दिउँसोदेखि मृतकका आफन्तले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन्।

हेटौंडामा भोलिदेखि देखि सडक विस्तारः २५/२५ गजभित्रका संरचना हटाइने,२५ वटा डोजर र २५ वटा अन्य मेसिन प्रयोग हुने

हेटौंडा । भोलिदेखि हेटौंडाको रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म, साथै बुद्धचोक–सामरी पुल खण्डसम्म पर्ने २५/२५ गजभित्रका घर–टहरा तथा अन्य संरचना भत्काइने भएका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.