वीरगन्ज ३१ भदौ । पिप्रा लिंकरोडमा रहेको टोल बिकास संस्थाले टोलमा नमुना कामको शुरुवात गरेको छ । डेंगुको नियन्त्रणमालागि जनचेतना फलाउदै समितिले पूर्वाधार संरक्षणमा समेत बिशेष ध्यान दिदै आएको छ ।
भर्खर निर्माण भएको लिंकरोडसंग जोडिने एप्रोच सडकहरुको स्तरउन्नतीमा लागेको समितिले सडकको संरक्षणकोलागि टोलवासीमा अनुरोध गरेको छ । रोडको दाया बायामा रहेको फूटपाथ समेत नियन्त्रण भइरहेको अवस्थालाई समेत मध्यनजर राखी त्यस्तो अतिक्रमण नगर्न टोलवासीलाई आग्रह गरिएको समितिका अध्यक्ष हरि गौतमले बताए ।
टोलमा भर्खर निर्माण भएको सडकमा गिट्टी बालुवा भण्डारण गरेर नराख्न समेत समितिले अपिल गरेको छ । लिंक रोडमा समितिको आग्हका वावजुद पनि सडकमै भण्डारण गरिएको बालुवा समितिले महानगरको ट्रयाक्टर बोलाएर उठाएको छ ।
बालुवा वा अन्य अस्तुको भण्डारणले लाखौ लगाएर बनाएको सडकको गुणात्मकतालाई हानी गर्ने भएकोले सडकमा भण्डारण नगर्न आग्ह गरिएको अध्यक्ष गौतमले बताए ।
सडकमा जो कोहीले पनि अनावश्यक रुपमा भण्डारण गरे समितिले महानगरमा पठाइदिने उनले बताए । संस्थाको यो काममा वडा नं १४का वडाध्यक्ष भरत कुर्मीको पनि हसभगिता रहेको छ ।
संस्थाले गरेको राम्रो काममा सहभागि हुन पाउदा आफूलाई राम्रो लागेको उनले प्रतिक्रिया दिएका छन । संस्थाले टोललाई हरियाली बनाउनकालागि एक घर पाँच बृक्षको अवधारणा ल्याएको छ । बिरुवा रोप्न समेत सबैलाई अपिल गरिएको संस्थाका सचिव ऋषि सत्यालले बताए ।
तपाईको प्रतिक्रिया