बीरगंज ६ असोज ।
चेली कृषी सहकारी संस्था लिमिटेड वीरगंजको अयोजनामा र आफन्त नेपाल , ललितपुरको सहयोगमा तीन दिने उदघोषक तालिम प्रारम्भ भएको छ ।
तीन दिन सम्म चल्ने तालिममा १५ जनाको सहभागिता रहेको छ । तालिमको उद्धघाटन गर्दै बीरगंज महानगरपालिका वडा नं १६का अध्यक्ष श्यामबाबु चौरसियाले चेली कृषि सहकारी संस्थाले महिलाहरुलाई संगठीत गरेर उद्यमशील बनाउदै लगेकोमा प्रशंसा गरे ।
उनले आफूले पूर्वाधार बिकासमा ध्यान दिएको बताउदै महिलाहरुको सीप बिकासमा पनि सहयोग गर्ने बचन दिए । कार्यक्रममा आफन्त नेपालको निर्दैशक इन्द्र भट्टराईले मानव बेचबिखन र लैङ्गिक हिंसाको न्यूनीकरणमा चेली कृषि सहकारी संस्थाको सहयोग महत्वपूर्ण रहेको बताए । उनले महिलाहरुको सीप बिकासमा आफनो तर्फबाट सक्दो सहयोग गर्ने बचन दिए ।
निर्देशक भट्टराईले चेली कृषि सहकारीका अध्यक्ष कमला घिमिरेको नेतृत्वमा महिलाहरुको समुहको निर्माण स्वरोजगारको दिशामा लिइएको अग्रसरताको प्रंसशा गरे ।
कमला घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत शोभा श्रेष्ठ र संचालन जेबिना महर्जनले गरेकी थिइन ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष के.सी.लामिछाने र मध्य नेपाल सन्देश साप्ताहिकका सम्पादक कविता खडकाले उद्धघोषण कला सम्बन्धमा प्रशिक्षण दिएका थिए ।
तपाईको प्रतिक्रिया