logo

बीरगंजलाई पर्यटकको गन्तब्यकेन्द्रको रुपमा चिनाउने मन छः प्रमुख सरावगी

      9/27/2019 गते 00 00 मा प्रकाशित     1235   पटक पढिएको

बीरगंज १० असोज ।
बीरगंज महानगरपालिकाका प्रमुख बिजय सरावगीलेनेपाल प्रवेश गर्ने पर्यटकलाई सुरक्षा जाँचका नाममा हतोत्साहित गर्नु उचित नरहेको बताएका छन ।

 

बिश्व पर्यटन दिवसको अवसरमा भिजीट मधेशको संयोजनमा बीरगंज महानगरले आज होटेल मकालुमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।

 

भंसार क्षेत्रमा प्रहरीका चार ठाउमा रहेका चेकपोष्टहरुले प्रहरीकै प्रतिष्ठा र निष्ठामाथि प्रश्न उठाएको उनले बताए । त्याहा दुई ठाउमा प्रहरीको चेक पोइन्ट राख्दा हुने उनले सुझाव दिए ।

 

उनले पर्यटकहरुलाई दिनु पर्ने सेवा सुविधा र ब्यवहार अनुकुल हुन नसकेको भन्दै अतिथि देवो भवः ब्यवहारमा लागु हुनु पर्नेमा जोड दिए ।

नेपालमा अतिथिलाई देवता मान्ने गरिएको ठाउँमा थर्काएर व्यहार गरे हाम्रो प्रतिष्ठामा पनि आंच आउछ उनले भने  वीरगंज सम्भावना बोकेको ठाउँ भएकोले आर्थिक नगरी भए जस्तो पर्यटक नगरी पनि होस भने आफुले चाहना छ ।

 

उनले बीरगंजलाई र्पटकहरुको गन्तब्य केन्द्रको रुपमा चिनाउने काममा महानगरको तर्फबाट गर्नु पर्ने काममा आफू पछि नपर्ने प्रतिवद्धता जनाए ।कार्यक्रममा भिजिट मधेशका संयोजक ओमप्रकाश सर्राफले पर्यटन प्रबर्धन सम्बन्धी अवधारणा पत्र प्रस्तुत गर्दै विकास र समृद्धिमा पर्यटन क्षेत्रको ठुलो योगदान हुने वताए ।

 

उनले विश्वको परिवेशमा पर्यटन क्षेत्रको दायरा र महत्व दिनप्रतिदिन फराकिलो हुँदै गएकोले हाम्रो मुलुकको पनि बढाउनु पर्ने वताए ।

कार्यक्रममा वीरगंज महानगरपालिकाकी उप मेयर शान्ति कार्की, नेकपाका वीरगंज महानगर अध्यक्ष रहबर अन्सारी, नेपाली कांग्रेसका पर्सा सचिव श्याम पटेल, समाजवादी पार्टी पर्साका अध्यक्ष रामनरेश यादव सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेत, , नेपाल पत्रकार महासंघ प्रदेश नं.२ का उपाध्यक्ष के.सी. लामिक्षाने, पर्सा अध्यक्ष श्याम बन्जारा, वीरगंज युवा समाजका अध्यक्ष कमल चौगाई लगायतकाले मन्तव्य राखेका थिए ।

विश्व पर्यटन दिवसको अवसरमा भएको कार्यक्रमको संचालन हेमन्त तमांगले गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

प्रधानमन्त्री राहतकोषमा बिभन्न बैक, मधेश प्रदेशका पदाधिकारी र ब्यक्तिद्वारा सहयोग रकम उपलब्ध गराइदै

वीररगंज ।ग्लोबल आइएमई बैंकले भोटेकोशी नदीको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

जन्मदिनको खर्च कटौती गरेर मातृभूमीमा परेको संकटमा राहतकालागि नेपालले गरे १ लाख सहयोग दिने निर्णय

वीरगंज । नेपालमा बाढी पहिरोबाट सृजीत दुख्द अवस्थाबाट प्रभावित नागरिकको राहत र उद्धारकालागि बेल्जीयमको लुभेन शहर निवासी लोकेन्द्र नेपालले १ लाख रुपैया सहयोग गर्ने भएका छन ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.