logo

पर्यटन दिवसका दिनमा शंकराचार्य गेटमा विदेशी पाहुनालाई स्वागत 

      9/27/2019 गते 00 00 मा प्रकाशित     956   पटक पढिएको

वीरगंज,१० असोज
होटल तथा पर्यटन व्यवसायी संघ वीरगंजले आज वीरगंजमा विविध कार्यक्रम आयोजना गरी विश्व पर्यटन दिवस मनाएको छ ।

 

वीरगंज महानगर,भिजिट मधेस नेपालको सहकार्यमा संघले आयोजना गरेको विहानको प्रभातफेरी मितेरी पुल नजिकको शंकारचार्य गेटमा गएर समापन भएको थियो । 


आदर्शनगरबाट निकालिएको प्रभातफेरीमा वीरगंजका मेयर विजयकुमार सरावगी,उपमेयर शान्ति कार्की,होटल व्यवासायी तथा समाजिक संस्थाका अगुवाहरुको सहभागिता थियो ।


सोही अवसरमा नेपाल  प्रबेश गरेका  प्रथम बिदेशि पर्यटक  फ्रान्सेली नागरिक  ओलिभर डि लिभर्टलाई फूलमालाले स्वागत गरी वीरगंज प्रवेश गराइएको थियो ।फ्रान्सबाट भारत हुदै उनी नेपाल आइरहेका थिए ।

ओलिभरलाई वीरगंजका होटल व्यवसायीले निशुल्क रुपमा खाना र वासको व्यवथा मिलाएको होटल व्यवसायीसंग वीरगंजका अध्यक्ष हरि पन्तले जनाएका छन् ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

क्रिकेटर  प्रविण र एसईईमा सर्वोत्कृष्ट  नतिजा ल्याउने  साह वीरगंज महानगरद्वारा सम्मानित

वीरगंज । नेपाली महिला टोलीलाई विश्वकप क्रिकेटसम्मको यात्रामा योगदान पु¥याउने वीरगंजकी क्रिकेट खेलाडी साना प्रविण र यस वर्षको एसईई परीक्षामा पर्सा जिल्ला प्रथम भएकी रिया साहलाई वीरगंज महानगरपालिकाले आइतबार एक कार्यक्रमकाबीच सम्मान गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.