logo

एसिड प्रहार घटनाका दोषीको कारवाही सम्बन्धमा सांसद यादवको चासो 

      10/14/2019 गते 00 00 मा प्रकाशित     1449   पटक पढिएको

वीरगन्ज, २७ असोज । पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदिप यादवले वीरगन्जकी मुस्कान खातुनमाथि एसिड प्रहार गर्ने व्यक्तिहरुको कारवाही सम्बन्धमा चासो देखाएका छन् ।

भदौ २० गते वीरगन्जको विर्तामा १५ बर्षीया मुस्कान खातुन माथि दुईजना युवकले एसिड प्रहार गरि घाईते बनाएका थिए ।

मुस्कानको अहिले काठमाडौंमा उपचार भईरहेको छ । उपचाररत मुस्कानलाई भेट्न सबैजना गएर सामाजिक सञ्जालमा छाउने गरेपनि उनलाई एसिड प्रहार गर्ने दोषीहरुको कारवाहीको बारेमा भने कसैले चासो नदेखाएपछि आफै जिल्ला प्रहरी कार्यालय पर्सामा पुगेर सांसद यादवले पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरलाई भेटेर घटनाको दोषीहरुको कारवाहीको बारेमा चासो लिएका हुन् ।

उनले प्रहरी हिरासतमा रहेका घटनामा दोषीलाई कडा भन्दा कडा कारवाही गर्नुपर्ने भन्दै अस्पतालको प्रारम्भिक स्वास्थ्य जाँचको रिपोर्ट भन्दा पनि पछिल्लो अवस्थाको मुस्कानको स्वास्थ्य रिपोर्टलाई प्रमाणको रुपमा पेश गरेर न्याय दिलाउन माग गरेका छन् ।

मुस्कान खातुनको अस्पतालमा उपचार हुदै गरेको भएपनि उनको जीवनमा एउटा अत्यन्तै दुखद पीडामा बाँच्नु पर्ने अवस्था रहेकोले तत्काल पीडितलाई न्याय हुने गरि कारवाही अगाडि बढाउन प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरलाई सांसद निर्देशन दिए । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

प्रधानमन्त्री राहतकोषमा बिभन्न बैक, मधेश प्रदेशका पदाधिकारी र ब्यक्तिद्वारा सहयोग रकम उपलब्ध गराइदै

वीररगंज ।ग्लोबल आइएमई बैंकले भोटेकोशी नदीको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

जन्मदिनको खर्च कटौती गरेर मातृभूमीमा परेको संकटमा राहतकालागि नेपालले गरे १ लाख सहयोग दिने निर्णय

वीरगंज । नेपालमा बाढी पहिरोबाट सृजीत दुख्द अवस्थाबाट प्रभावित नागरिकको राहत र उद्धारकालागि बेल्जीयमको लुभेन शहर निवासी लोकेन्द्र नेपालले १ लाख रुपैया सहयोग गर्ने भएका छन ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.