कार्तिक १७ गते । ठोरी गाउँपालिकाको वडा नं ५ सुवर्णपुरको ठुलोबाघमोर्चा भन्दा उत्तर राष्ट्रीय बनको झाडीमा अन्दाजी १८ वर्षिया किशोरी मृत अवस्थामा फेला परेकी छिन ।
गोठालाहरुले देखेर हल्ला गरेपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए । गहुंगोारे बर्णकी किशोरीको पहिचान नखुलेको पर्साका डिएसपी गौतम थापाले बताउनु भयो ।
रातो साडी लगाएको पैतला रंगीएको किशोरीको शव झाडीमा फेला परेको सुपवर्णपुर प्रहरी चौकीका असई निलराज काफ्ले ले जानकारी दिनु भयो । उहाँका अनुसार किशोरीको घाँटीमा धारिलो हतियारले काटिएको छ ।
तर घटनास्थल वरपरमा हतियार फेला नपरेको उहाँले बताउनु भयो । किशोरीको वर्ण र पहिरनले तराई मुलको जस्तो देखिने काफ्लेको भनाई छ ।
घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी गौतम थापाले बताउनु भयो । ठोरीका इन्सपेक्टरको कमाण्डामा टोली परिचालन भएको छ ।
आज रात भइसकेकोले जिल्लाको टोली घटना स्थलमा भोली पुग्ने उहाँले बताउनु भयो । प्रहरीले किशोरी बेपत्ता सम्बन्धी कुनै उजुरी जिल्ला प्रहरी कार्यालयमा परे नपरेको समेत खोजी गरिरहेको छ ।
तपाईको प्रतिक्रिया