logo

किशोरीको पहिचान खुल्यो , अनुसन्धानका लागी श्रीमान र भिनाजु प्रहरी नियन्त्रणमा 

      11/4/2019 गते 00 00 मा प्रकाशित     764   पटक पढिएको

वीरगन्ज,  १८ कार्तिक ।

पर्साको ठोरी गाउँपालिका वडा नं. ५ मा हिजो विभत्स हत्या गरेर फालिएको अवस्थामा फेला परेको शवको पहिचान खुलेको छ । हत्या भएकी किशोरी १८ बर्षीय नितु देवी पाशवान रहेको प्रहरीले बताएको छ।


जीराभवानी गाउँपालिका वडा नं. ३ परसवा निवासि नितु देवी पासवानको आईतबार हत्या भएको थियो । हत्याको अनुसन्धानका लागि प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले मृतक नितुका श्रीमान् रामबाबु पासवान र श्रीमानका भिनाजुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।


दुवैजनालाई आज बिहान पासवानकै घरमा सुतिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । घटनाको सुचना पाएलगत्तै पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक सोमेन्द्रसिहं राठौरको नेतृत्वमा प्रहरी नायव उपरीक्षक गौतम थापा सहितको टोलीले घटनास्थलमा पुगेर घटनाको मुचुल्का तयार गरी शवलाई पोष्टमार्टमका लागि नारायणी अस्पतालमा पठाएको थियो ।


मृतकको बुवा कपिलदेव पासवानले दिएको बयान अनुसार मृतक नितुको करीब १ बर्ष पहिले विवाह भएको थियो । मृतकको बहिनीको ‘गौना’ रहेकाले श्रीमान् रामबाबु पासवानले हिजो उनलाई माइतीघर ल्याउने  क्रममा नितु बाटोबाट नै हराएको भन्दै माइतीपक्षलाई जानकारी गराएका थिए ।

मोटरसाईकलमा पेट्रोल भर्न जाने क्रममा छोरी बाटोबाट नै बेपत्ता भएको भन्दै रामबाबुले मृतकको बुवा कपिलदेवलाई फोन गरेका थिए । प्रहरीले यस बिषयमा अनुसन्धान भइरहेको जनाएको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

क्रिकेटर  प्रविण र एसईईमा सर्वोत्कृष्ट  नतिजा ल्याउने  साह वीरगंज महानगरद्वारा सम्मानित

वीरगंज । नेपाली महिला टोलीलाई विश्वकप क्रिकेटसम्मको यात्रामा योगदान पु¥याउने वीरगंजकी क्रिकेट खेलाडी साना प्रविण र यस वर्षको एसईई परीक्षामा पर्सा जिल्ला प्रथम भएकी रिया साहलाई वीरगंज महानगरपालिकाले आइतबार एक कार्यक्रमकाबीच सम्मान गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.