logo

जंगली हात्तीीले  घर भत्कायो बाली सखाप पार्यो

      11/5/2019 गते 00 00 मा प्रकाशित     866   पटक पढिएको

बीरगंज १९ कार्तिक । पर्साको राष्ट्रिय निकुञ्जबाट मध्य रातको समयमा धानखान गाउँ पसेको हात्तीले स्थानीयको घर भत्काई दिएको छ ।
जंगली हात्तीले पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा १ सिरही टोलका  सुखी महतो उराँव, खजुरिया टोलका रामान्द साह कानु र भरत साह कानु गरि तीन जनाको घरको भित्ता  भत्काएको छ ।

 

हात्तीले घरमा पसेर धान, चामल, गहुँ खानुको साथै भाडा ब्रतन कुलचिएर नस्ट गरिदिएको छ ।निकुञ्ज प्रसासनले हात्तीलाई गाउँ पस्न रोक्ने बिधुतीय तारबार जडान नगर्दा किसानले लगाएको धान बाली हात्तीले खानुको साथै गाउँमा पसेर घर भत्काउने गरेको स्थानीयको भनाइृ छ ।

 

जंगली हाँत्रीको आतंकका  कारण आफुहरु लामो समयदेखि पीडा भोग्न बाध्य भएको स्थानीयले बताएका छन् । यसैगरी सखुवा प्रसौनी गाउँपालिका वडा न १ औराहा रेन्जपोष्टमामा लक्ष्मण राय थारूको धानको भकारी जँगली हातीले गएराती भत्काई दिएको छ ।

मध्यराति करिब १२ बजे थारुको धान राख्ने भकारी भत्काएको स्थानीयले बताएका छन् । जंगली जनावरको आतंकका कारण जंगल छेउका वासिन्दा असुरक्षित हुनुका साथै बालीनाली पनि खाएर तथा माडेर नष्ट गरिदिदा  स्थानीयहरु चिन्तामा परेका छन । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच बेल्जियमको अध्यक्षमा न्यौपाने सर्वसम्मत

वीरगंज । प्रवासी नेपाली मंच बेल्जियमको सातौ अधिवेशनले बिनोद न्यौपानेलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ ।

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

समाज

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.