बीरगंज ८ मंसीर ।
बीरगंजका युवा उद्यमी बिश्व करण जैन पशुपति क्षेत्र बिकास कोसको सञ्चालक परिषदको सदस्य पदमा नियुक्त हुनुभएको छ ।
संस्कृति पर्यटन तथा नागरिक उडड्यन मंत्रालयले उहाँलाई कोषको सदस्यमा नियुक्त गरेको हो । संस्कृति पर्यटन तथा नागरिक उडड्यन मंत्री योगेश भट्टराई आज जैनलाई परिषदको सदस्यमा नियुक्त गर्नु भएको हो ।
मारवाडी युवा मंच ,राउण्ड टेवल र बिद्यार्थी कालमा बीरगंजको ठाकुरराम बुहमुखी क्याम्पसमा सह सचिव समेत हुनु भएका जैन संगठन संचालन तथा ब्यवस्थापनमा बिशेष दख्खल राख्नु हुन्छ ।
मंत्री भट्टराईले कोषको संचालक समितिमा बिशेष गरि काठमाण्डौ बाटै कोषमा प्रतिनिधित्व हुने परिपाटीमा सुधार गर्दै क्षमतावान र युवा ब्यक्तिलाई समेटेर कोष संचालनको प्रारम्भ गर्नु भएको छ ।
यो मनोनयनले पशुपती कोष संचालनको प्रवन्ध समितिमा बीरगंजको समेत सम्भवत पहिलो पटक प्रतिनिधित्व भएको छ ।
तपाईको प्रतिक्रिया