logo

जाडोमा बिद्यालय बन्द,आशाहरुकालागि न्यानो लाउनु रहर मात्र भयो 

      12/22/2019 गते 00 00 मा प्रकाशित     1482   पटक पढिएको

बीरगंज ६ पुष ।
शीतलहरका कारण तराईको जनजीवन प्रभावित भएपछि पर्साको पटेर्वा सुगौली  गाउँपालिकामा रहेका सामुदायिक  विद्यालयहरु ५ दिनको लागी बिदा  गरिएकोे छ ।  चिसो निकै बढेपछि गाउँपालपका केही दिनकालागि बद्यालय बन्द गर्ने तहमा पुगेको गाउँ पालिकाकी उपाध्यक्ष ममता महतोले बताउनु भयो । 

बिहिबार गाउँपालिकाले गरेको निर्णय अनुसार यहि पुस ७ गते देखी ११ गते सम्म जाडोको बिदा दिईएको छ  । 

आईतवार  देखि लागेको बाक्लो हुस्सु र कुहिरो नहटेको तथा चिसो हावा चलिरहेकाले जनजीवन प्रभावित भएपछि विद्यालय सञ्चालन गर्न तथा पठनपाठन गराउन कठिनाई भएको छ ।

 

यही कठिनाईलाई दृष्टिगत गरि  गाउँपलिकाका सम्पुर्ण विद्यालय बन्द गर्ने निर्णय गरिएको गाउँ पालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत जगन्नाथ साहले जानकारी दिनु भयो । गाउँ पालिकामा कुल २४ वटा विद्यालय रहेको शिक्षक शुभास दास थारुले बताउनु भयो ।

मङ्गलवारदेखि बढेको चिसोको कारण पर्साका ग्रामीण क्षेत्रमा सञ्चालित सामुदायिक तथा निजी विद्यालयहरूको पठनपाठन प्रभावित भएको छ ।


    चिसोले गर्दा विद्यालय आउने सङ्ख्या पातलिएको पटेर्वासुगौली गापा–४ स्थित वनदेवी आधारभूत विद्यालय भतौडाका प्रधानाध्यापक सुभाषप्रसाद दास थारूले बताउनु भयो ।

दलित बस्तीमा रहेको सो विद्यालयमा अधिकांश बालबालिका गरीब,दलित,विपन्न परिवारका भएकोले पनि उनीहरूलाई न्यानो कपडाको समस्या हुँदा विद्यालय आउन नसकेको थारूले बताउनु भयो । विद्यालयमा अध्यनरत बालबालिकालाई शरीरमा न्यानो कपडा,सुईटर जाकेट,जुतामोजा,टोपी, लगाएर आउन प्र.अ.ले आग्रह गरेपनी गरिवीको कारण लगाउन समस्या छ ।

 

पटेर्वा सुगौली गाउँ पालिका वडा ४ भतौडा की आशा देवी मुसहरका तीन जा बच्चा छन । श्रीमान श्रीमतीले दिनभरि कमाए बिहान बेलुका छाक टार्न सकिन्छ होइन भने भोकै सुत्नु पर्छ । यस्तोमा लालाबालाका लागि न्यानो कपडाको जोहो आशाकालागि ठुलै युद्ध जित्नु जस्तो भएको छ । शहरका नजीकमा न्यानो कपडा बितरण गर्नेहरु प्रति आशाको गुनासो पनि छैन ।  

न्यानो लुगा आफना बच्चाको रहरमा मात्र सिमति हुन पेगेकोमा आशा मा निकै अमिलो हुन्छ तर बिकल्प भने छैनन ।  यसैगरी, सखुवाप्रसौनी गापा–२ स्थित दीपनारायण आदर्श नमूना मावि पंचगावाँका प्रअ शिवनाथ दास थारूले पनि चिसोको कारण ७५ प्रतिशत विद्यार्थी  बिद्यालय आउन छोडेको बताउनु भयो  ।

 

एक हजार ६५ विद्यार्थी रहेको सो विद्यालयमा अहिले २५ प्रतिशत विद्यार्थी आउनथालेको प्रअ थारूले बताउनु भयो  । चिसोसँगै विद्यालयले कक्षा कोठाको झ्यालढोका बन्द गरी विद्युतीय हिटरलगायतका सामग्रीहरूको प्रयोग गरेर कक्षाकोठा तापक्रम नियन्त्रण गर्ने काम गरेको पनि उहाँले जानकारी दिनु भयो ।


    उहाँले मौसम अनुसार पोशाक लगाएर विद्यालय पठाउन अभिभावकहरूसँग आग्रह गर्नु भएको छ । घरमा रहनुभन्दा पढाइ सीपको विकासको लागि विद्यालय पठाउनु उपयुक्त भएकोले त्यसका लागि न्यानो कपडाको व्यवस्था गरी पठाउन प्रअ थारूले आग्रह गर्नु भएको हो ।
    यसैगरी, चिसो बढेसँगै स्थानीय तहमा सेवाग्राहीहरूको सङ्ख्या पनि घटेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

नारायणी वाङ्गमय कृति सम्मान साहित्यकार  गौतमको कथासङ्ग्रह ‘च्यातिएका पानाहरू लाई प्रदान

वीरगंज । नारायणी वाङ्गमय प्रतिष्ठान र लक्ष्मी साहित्य समाजको संयुक्त आयोजनामा २१३औँ भानु जयन्ती तथा नारायणी वाङ्गमय कृति सम्मान समारोह सम्पन्न भएको छ ।

प्रसौनी बिर्ताको छठ घाटबाट चोरिएको सामान स्थानीयको घरबाट बरामद ,दोषीलाई कारवाही गर्न बढ्यो माँग

बीरगंज । वीरगञ्ज महानगरपालिका–२३ प्रसौनी बिर्तास्थित छठ घाटका लागि संकलन गरी राखिएका सामाग्री चोरी भएको छ ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.