logo

अनुगमनमा ब्यवसायीको अवरोध, नागरिक स्वास्थ्यको ख्याल राख्न मंचको आग्रह

      12/23/2019 गते 00 00 मा प्रकाशित     1048   पटक पढिएको

बीरगंज ७ पुष  । 
महानगरपालिकाको अनुगमन टोलीलाई बीरगंजको मुर्लीचोकमा ब्यवसायीहरुले अवरोध सृजना गरेका छन ।बीरगंज महानगरपालिका कार्यालयको तर्फबाट उपमेयर शान्ति कार्कीको नेतृत्वमा खाद्य प्रयोगशाला प्रमुख बिपिनलाल दास , बाणिज्य कार्यालय प्रतिनिधि र जिल्ला प्रहरी कार्यालय पर्साको संयुक्त अनुगमन टोलीलाई स्थानीय ब्यवसायीहरुले अवरोध सृजना गर्नुका साथै दूब्र्यवहार समेत गरेका छन ।


अनुगमन टोलीले फूटपाथमा खुला रुपमा मासु तथा माछा बिक्री नियन्त्रणकालागि अनुगमन शुरु गरेको थियो ।

 

आज कार्यलय समय पछि अचानक अनुगमन गर्न निस्केका थियौ खाद्यप्रयोगशाला प्रमुख बिपिनलाल दासले भन्नु भयो“अफिस समय पछि अनुगन आउदैन भन्ने परेको कुरालाई तोडन पनि कार्यालय समयपछि अनुगनमा निस्केका थियौ ब्यवसायीहरुले अवरोध गर्नु भयो ।


बीरगंजको मुर्लीचोकमा सटर भन्दा बाहिर सडकमा झूण्डयाएर मासु बिक्रिी भइरहेकोमा अनुगमन टोलीले मासु बिक्रीमा रोक लगाएर नियनत्रणमा लिदा बिवाद भएको थियो ।

 

ब्यवसायीहरुको तर्फबाट अनुगनटोलीका सदस्यमाथि हातपात समेत भएको थियो । अनुगन टोलीसंगै प्रहरी भएको र प्रहरीले बेलैमा थप मद्धत परिचालन गरेर  टोलीका सदस्यहरु सुरक्षा दिइएको थियो ।

 

मासु बिक्रेताले भने पसल संचालन गरेकै दिनमा अनुगन टोलीले मासु नियन्त्रण लिएर पूर्वाग्राही ब्यवहार देखाएको आरोप लगाएका छन ।

 

तर अनुगन टोलीले त्यस्तो पूर्वाग्रह नराखिएको स्पष्ट पारेको छ । बीरगंज महानगरपालिकाले सडक पेटी तथा फूटपाथमा खुला रुपमा माछा मासुको बिक्रीमा प्रतिवन्त्र लगाएको छ । प्रतिवन्धका सन्र्दमा महानगरले सूचना प्रकाशन गरेको माइकिङ गराएको छ ।

 

ब्यवसायीहरुलाई बोलार अन्तरक्रिया गरेको छ तैपनि खुला ठाउमा माछा मासुको बिक्री भने भइरहेको छ ।

 

यस्तो महानगरलाई पूर्वाग्रह भन्नु उचित नहुने दासले बताउनु भयो । मलाई त प्रहरी साथीहरुले जोगाउनु भयो उहाँले भन्नु भयो टारगेटमा मै थिए तर जो जो अवरोधमा आउनु भयो उहाँहरुपनि उपभोक्ता नै हो उहाँहरुले आफूलाई उपचोक्ताको ठाउमा राखेर हेरेको दिनमा समस्य समाधान हुने दासको बिश्वास छ ।


यसैवीच उपभोक्त हित संरक्षण मंच प्रदेश दुईका अध्यक्ष के.सी.लामिछानेले अनुगमनका क्रममा बीरगंजको मुर्लीमा भएको घटना प्रति मंचको ध्यानाकर्षण भएको जनाउनु भएको छ । उहाँले एक बिज्ञप्ति जारी गर्दै अनुगमनका बिषयमा स्थानीय ब्यवसायीले उठाएका बिषयहरुलाई स्पष्ट पार्नकालागि घटनाको साङ्गो पाङगो छानविन गर्न माँग गर्नु भएको छ ।

स्वस्थकर माछा मासुको बिक्री बितरणको अवस्था निर्माण उपभोत्ता हित संरक्षण मंचको समेत माँग रहेको स्मरण गराउन चाहन्छौ बिज्ञप्तिमा भनिएको छ ।

 

उपभोक्ताको स्वास्थ्यको हितको ख्याल राखेर शुरु गरिएको अनुगमनको काममा असहयोगल गर्ने र अझ कानून हातमा लिएर अवरोध सृजना गर्ने र अनुगनमा संलग्न अधिकारीहरुमाथि कुटपीट हुनु आफैमा दुःखद रहेको  बिज्ञप्तिमा उललेख छ ।

 

उपभोक्ता हित संरक्षण मंच बीरगंज महानगर कमिटीले माछा मासु ब्यवसायीसंघ, महानगर जिल्ला प्रहरी र जिल्ला प्शासन कार्यालय पर्सालाई खुला ठाउमा बिक्री भइरहेको माछा मासुको ब्यपार नियन्त्रण नगरेर नागरिक स्वाथ्यसंग खेलवाड गरिरहेकोले रोकी पाउ भनेर सम्मानीत उच्च अदालत बीरगंजमा  रिट दिएको छ

 

। सोही रिटमा सम्मानीत अदालतले निषेधज्ञा मात्र आदेश गरेको छैन पुष २ गते पनि पत्र लेखेर बीरगंज महानगरपालिकालाई ताकेता गरेको छ ।

 

खुला तथा फूटपाथमा माछा मासुको बिक्री कानूनी हिसावले पनि दण्डनीय रहेको छ । यस्तोमा ब्यवसायीहरुले आफनो पेशालाई नागरिक स्वास्थ्यको हित अनुकुल बनााउन उपभोक्ता हित संरक्षण मंच आग्रह गर्दछ भनिएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

झालर बाल्ने क्रममा वीरगञ्जमा करेन्ट लागेर किशोरको मृत्यु

वीरगञ्ज ।  वीरगञ्ज महानगरपालिका–१, छपकैया निवासी १७ वर्षीय पीयूष साहको शनिबार साँझ झालर बत्ती जडान गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ।

पर्सा प्रहरीद्वारा १२ लख मूल्य बराबरको पटकाजन्य पदार्थ नष्ट

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्वको सुरक्षालाई संवेदनशील मानेर विभिन्न समयमा नियन्त्रणमा लिएका ठूलो परिमाणका अवैध पटाकाजन्य पदार्थहरू नष्ट गरेको छ।

खेलकुद

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।

वीरगन्ज युनाइटेड र आयोजक प्रतिभा युवा क्लबबीचको रोमाञ्चक सेमिफाइनल बराबरीमा, ट्राइबेकरबाट भोली  निर्णय हुने

वीरगन्ज । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनल खेल आज साँझ अत्यन्तै रोमाञ्चक रूपमा सम्पन्न भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.