logo

दुई ठाउमा आगलागी साढे आठलाखको क्षती

      12/24/2019 गते 00 00 मा प्रकाशित     1095   पटक पढिएको

वीरगंज ८ पुष।  पर्साको कालिकामाई गाउँपालिकाको वडा नं. ३ हरिहरपुर विर्ता र छिपहरमाई गाउँपालिकाको वडा नं. १ मिर्जापुरमा मंगलबार विहान आगलगी भएको प्रहरीले जनाएको छ । ति दुबै २ ठाउँमा आज विहान आगलगी हुदा ८ लाख ५० हजार बराबरको क्षति भएको छ ।

कालिकामाई गाउँपालिका वडा नम्बर ३ हरिहरपुर बिर्ता निवासी राधेश्याम गोढको खपडाको भान्छा घरमा आगलगी हुदा ३ लाख मुल्य बराबरको क्षती भएको छ । खाना पकाउने चुल्होबाट आगो सल्केर बिहान सवा पाँच  बजे भएको आगलगीबाट अन्नपात, भाडाकुडा, मसुरोको दाल २ ड्राम, लताकपडा लगायतका सरसमान जल्दा रु ३ लाख बराबरको क्षती भएको ईलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी नायब निरिक्षक बिनोद रानाले बताउनु भयो ।

यस्तै छिपहरमाई गाउँपालिका वडा नम्बर १ मिर्जापुर निवासी चन्जीत महतो कोईरीको खपडाको भान्छा कोठामा आज बिहान साढे तीन बजेको समयमा अकस्मात आगलगी हुदा रु ५ लाख ५० हजार बराबरको क्षति भएको छ । भान्छा घर मै राखिएको नां.६२ प.६२५३ नम्बरको अपाचे मोटरसाईकल र बिआर २२ के. ९५३२ भारतिय नम्बरको ग्लयामर मोटरसाईकल पुर्ण रुपमा जलेर नष्ट भएको छ ।

घर समेत पूर्ण  रुपले जल्नुको साथै घरमा रहेको २ वटा मोटरसाईक,  धान,  चामल,  दाल लगायतको सरसमान जलेर नष्ट भएको प्रहरीले जनाएको छ । पोखरिया नगरपालिकाबाट पुगेको दमकल, स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा आएको प्रहरी चौकी मिर्जापुरले जनाएको छ ।आगो कसरी लाग्यो भन्ने कुरा खुलेको छैन । यस बिषयमा प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगञ्जमा संयुक्त रक्तदान कार्यक्रम, २५ यूनिट रगत संकलन

वीरगञ्ज । रक्त अभावका कारण बिरामीको उपचारमा आउन सक्ने समस्या न्यूनीकरण गर्ने उद्देश्यले वीरगञ्जमा आयोजित संयुक्त रक्तदान कार्यक्रममा २५ यूनिट रगत संकलन भएको छ।

मलखाद नपाएपछि बहुदरमाईमा जनआक्रोश, नगर कार्यालयमा तालाबन्दी

वीरगञ्ज । खेतीपातीको मुख्य समयमा मलखादको अभावका कारण आक्रोशीत भएका  बहुदरमाई नगरपालिका–४ का स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका छन ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.