logo

किरण अस्पतालको सहयोगमा निशुल्क आँखा शिविर सम्पन्न

      12/24/2019 गते 00 00 मा प्रकाशित     716   पटक पढिएको

बीरगंज ८ पुष । 
गणेशमान चौक बिर्ता स्थीत रहेको स्टार युरो किडस्को आयोजना तथा किरण आँखा अस्पतालको सहयोगमा निशुल्क आँखा जाँच शिविर किडस्को परिसर मा सम्पन्न भएको छ  ।

स्टार युरो किडस्को आयोजनामा भएको निशुल्क आँखा शिविरमा विधालय लगायत स्थानीयहरु समेत लाभान्वित  भएका छन  । निशुल्क आँखा शिविरमा  किरण आँखा अस्पतालका चिकत्सक डा. अमर क्याल, कबिता पोखे्रल,रिद्दी कुशवाहा,अरुण कुश्वाहाको टोलीले २ सय २५ जना स्थानीय र १ सय ५ जना बालबालीकाहरुलाई निशुल्क सेवा दिएको हो ।

 

कार्यक्रममा प्रमुख अतिथिहरुले  गमलामा पानी हाली   निशुल्क आँखा शिविर कार्यक्रमको उदघाटन गरेका थिए ।  स्टार युरो किडसका निर्देशक सानू राणा द्वारा अतिथिहरु लाई खादा ओढाई माया को चिनो दिएर सम्मान गरिएको थियो ।


स्टार युरो किडस्का निर्देशक सानू राणाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा  आर्ट अफ लिभिङ्ग बीरगंजका संयोजक सुधा कार्की ,  नबिल बैंकका प्रदेश २ का रिजनल मैनेजर कृष्ण थापा एवम बरिष्ठ समाजसेवि मनोज कुमार अग्रवाल , समाज सेवी राजेश जङ्ग राणा ,,बीरगंज युवा समाज का अध्यक्ष कमल चौगाइ , नेपाल रेडक्रस सोसाइटी रेशमकोठीका सचिव लाल बाबू सिंह , मुनलाइट मा वि का निर्देशक मनिषा मानन्धर , बि न पा वडा ५ का सदस्य सुरज कुर्मी पत्रकार नेहाल खानलगायत को उपस्थिति रहेको थियो । कार्यक्रमका सहजीकरण  शिक्षिका सिद्दिका कार्कीले गर्नु भएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

क्रिकेटर  प्रविण र एसईईमा सर्वोत्कृष्ट  नतिजा ल्याउने  साह वीरगंज महानगरद्वारा सम्मानित

वीरगंज । नेपाली महिला टोलीलाई विश्वकप क्रिकेटसम्मको यात्रामा योगदान पु¥याउने वीरगंजकी क्रिकेट खेलाडी साना प्रविण र यस वर्षको एसईई परीक्षामा पर्सा जिल्ला प्रथम भएकी रिया साहलाई वीरगंज महानगरपालिकाले आइतबार एक कार्यक्रमकाबीच सम्मान गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.