logo

तराईमा शीतलहरको कहर

पुष्टि गरेर मात्रै समाचार लेख्न पर्साका प्रमुख जिल्ला अधिकारी बस्नेतको आग्रह 

      12/29/2019 गते 00 00 मा प्रकाशित     1101   पटक पढिएको

वीरगन्ज, १३ पुस । पुष १ गते मंगलबारदेखि शुरु भएको शीतलहर अहिले तराईका जनताको लागि कहर बनेको छ । लगातारको शीतलहरले अहिले तराईको जनजीवन प्रभावित बनेको छ । विपन्न गरिब, तथा मजदुर, विद्यार्थी, बालबालिका र वृद्धवृद्धालाई शीतलरसँगै बढेको चिसोले बढी प्रभावित बनाएको छ ।

यसबीचमा दुईदिन घाम लागेपनि फेरी शीतलहर निरन्तर चलिरहेको छ । शीतलहरका कारण अत्यधिक चिसोले जनजीवन प्रभावित भएको हो । शीतलहरको बीचमा केही व्यक्तिहरुको मृत्यु भएको समाचारहरु आएपनि त्यसको पुष्टि भने हुन सकेको छैन । पर्साका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले शीतलहरले जनजीवन प्रभावित भएको बताउदै त्यस्तो कुनै दुखद घटनाहरु अहिले सम्म जानकारीमा नआएको बताए ।

उनले केही सञ्चार माध्यमहरुमा शीतलहरले मृत्यु भएको भन्ने खबरहरु आएकोप्रति ध्यानाकर्षण भएको जनाउदै त्यस्ता घटनाहरुको जानकारी जिल्ला विपद व्यावस्थापन समितिमा नआए सम्म र सम्बन्धित निकायले पुष्टि नगरेसम्म हचुवाको भरमा समाचार सम्प्रेषण नर्गन समेत आग्रह गरेका छन् ।

उनले भने, “शीतलहरले प्रभाव त पारेकै छ । त्यस्तो नराम्रो खबरहरु केही आएको छैन । स्थानीय तह र सुरक्षा निकायले चोक चोकमा आगो बाल्ने काम गरिरहेको छ । स्थानीय तह र संघ संस्थाहरुले न्यानो कपडाहरु वितरण भईरहेको छ । विद्यालयहरु बन्द छ । शीतलहरले मृत्यु भएको खबर लेख्ने मिडियाहरुले नसोधी आफ्नै हिसाबले समाचार लेख्ने हो भने आफै पुष्टि गर्नुपर्छ । मलाई प्रमाण चाहिन्छ । प्रमाण विना भ्रामक समाचारहरु लेख्न भएन । प्रमाण छ भने, कहाँबाट पुष्टि भएको हो त्यो पुष्टि सहित लेख्नुप¥यो ।”

स्थानीय विपद व्यावस्थापन समितिसँग  छ । जिल्ला विपद व्यावस्थापन समिति छ । सुरक्षा संयन्त्र पनि छ । स्थानीय सरकार छ ।  स्थानीय विपद व्यावस्थापन समितिहरु सचेत भएर लागेकै छौं । विपद व्यावस्थापन समितिको जुन संयन्त्रहरु छ त्यहाँबाट आधिकारिक रुपमा आएको छैन । आधिकारिक रुपमा पुष्टि नभई आफैले पुष्टि गरेर लेखेको समाचारहरुमा भने प्रमाण सहित उल्लेख गर्न प्रमुख जिल्ला अधिकारी बस्नेतले आग्रह गरेका छन् ।   
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

रौतहटमा दुर्घटनापछिको तनाव, क्षतिपूर्तिको माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

रौतहट । रौतहटको चन्द्रनिगाहपुरस्थित मोथियाही पुल नजिकै शनिबार दिउँसोदेखि मृतकका आफन्तले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन्।

हेटौंडामा भोलिदेखि देखि सडक विस्तारः २५/२५ गजभित्रका संरचना हटाइने,२५ वटा डोजर र २५ वटा अन्य मेसिन प्रयोग हुने

हेटौंडा । भोलिदेखि हेटौंडाको रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म, साथै बुद्धचोक–सामरी पुल खण्डसम्म पर्ने २५/२५ गजभित्रका घर–टहरा तथा अन्य संरचना भत्काइने भएका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.