logo

वीरगन्ज महानगरपालिकाका कम्प्युटर अपरेटर १५ हजार घुस सहित पक्राउ 

      12/30/2019 गते 00 00 मा प्रकाशित     2369   पटक पढिएको

वीरगञ्ज, १४ पुस । करारमा नियुक्त भएका महानगरपालिकाको कम्प्युटर अपरेटर राकेश कुमार जयसवाललाई अख्तियार दूरुपयोग अनुसन्धान आयोगले रंगे हात घुससहित पक्राउ गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाको टोलीले सोमबार कार्यालयबाट घुससहित उनलाई पक्राउ गरेको हो । जयसवालले वीरगंज महानगरपालिकाको वडा नं.–३० स्थित उपभोक्ता समिति मार्फत सडक ढलानको सम्पन्न गरेपछि भुक्तानि दिए बापत सेवाग्राही संग घुस मागेका थिए ।

सोही घुस रकम सेवाग्राही सँग लिदै गर्दा अख्तियारको टोलीले पक्राउ गरेको अख्तियार दूरुपयोग अनुसन्धान आयोग हेटौंडा कार्यालयका सूचना अधिकारी शिव रेग्मीले जानकारी  दिए । पक्राउ परेका वीरगंञ्ज महानगरपालिका वडा नं. ४ निवासी जयसवाल वीरगंञ्ज महानगरपालिकाको कम्प्युटर अपरेटरको रुपमा करारमा नियुक्त भएका थिए ।

जयसवालले लिएको घुसको रकम लेखा अधिकृत राउतको कार्यकक्षको सोफाबाट बरामद भएको थियो । घुस रकम सहित रंगेहात पक्राउ परेका जयसवालले लिएको पैसा अख्तियारको टोलीले रुजु गर्न थालेपछि रुदैं आपूmलाई फसाएको बताएका थिए ।

समाचार संकलन गर्न पुगेका सञ्चारकर्मीहरुले फोटो खिच्न थालेपछि उनी झन भक्कानिए । उनले रुदैं भने, “मेरो साना साना बालबच्चा छन् । मैले केही गरेको छैन । मलाई फसाएको हो ।” जयसवालले सेवाग्राहीसँग घुस माग्ने गरेको गूनासोहरु धेरै आएपछि निगरानी गरिएको अख्तियारको एक कर्मचारीले वताए । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

पर्सागढीबाट जुवाडे पक्राउ सार्बजनिक शान्ति विरुद्दको कसुरमा मुद्धा चल्ने

वीरगंज । पर्सागढीको विरुवागुठीमा दिलमाया तामाङले सञ्चालन गरेकी गौरो कटेज खाजा पसलबाट चार जना ब्यक्तिहरु जुवा खेलीरहेको अवस्थामा पक्राउ परेका छन ।

महोत्तरीमा मोटरसाइकल दुर्घटनामा परि एसइ परिक्षा दिएर फर्किएका बिद्यार्थीको मृत्यु

बर्दिवास । महोत्तरीको जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा मा मोटरसाइकल दुर्घटनामा परि तीन जना बिद्यार्थीको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.