logo

रेडक्रस  सोसाईटीद्वारा जुनियर रेडक्रस सर्कलबीच निबन्ध प्रतियोगिता

      1/10/2020 गते 00 00 मा प्रकाशित     1590   पटक पढिएको

वीरगन्ज, २५ पुस ।  नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखाद्वारा पर्सा जिल्लाका विद्यालयहरुमा गठित जुनियर युवा रेडक्रस सर्कलहरुबीच आज प्रतियोगिता सम्पन्न भएको छ । नेपाल जुनियर युवा रेडक्रस समितिको आतिथ्यतामा र विद्यालयहरुको आयोजनामा प्रतियोगिता गराईएको थियो ।

राम चरण साह पन्नालाल माध्यमिक विद्यालय, आर्दशनगर वीरगंज पर्साको आयोजनामा जिल्ला स्तरीय निबन्ध र जिल्ला उच्चाङ्गल रामदेव कलवार नमूना माध्यमिक विद्यालय पोखरिया पर्साको आयोजनामा जिल्ला स्तरीय कबिता प्रतिगोगिता पन्नालाल मा.वि.मा संचालन गरिएको थियो । प्रतियोगितामा पर्सा जिल्लाका विभिन्न विद्यालयहरुबाट ४२ जना विद्यार्थीहरुले भाग लिएका थिए ।

प्रतियोगिताको वारेमा सहभागीहरुलाई नेपाल जुनियर युवा रेडक्रस समितिका संयोजक विनोद गिरीले प्रकाश पारेका थिए । रेडक्रस पर्साका सहायक राजन श्रीवास्तवले सहजीकरण गरेको कार्यक्रममा कोषाध्यक्ष महन्थ प्रसाद यादव, दयाशंकर सिंह, काशी प्रसाद शाह, गिता ठाकुर, मणिभूषण द्धिवेदी, प्रमिला निरौला, राजन यादव, भरत शर्मा, आलम हवारी, दिपिल परियार लगायत शिक्षक नायकहरुको समेत उपस्थिति रहेको थियो ।

प्रतियोगितामा उत्कृष्ट हुने प्रतियोगिहरुलाई जुनियर युवा रेडक्रस गोष्ठिमा पुरस्कृत गर्ने  रेडक्रस पर्साका सहायक राजन श्रीवास्तवले जानकारी गराए ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.