वीरगन्ज, २८ पौष । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाराको प्रसौनी गाँउपालिका वडा नम्बर ५ प्रस्टोका बेलहियामा आज कम्बल वितरण भएको छ । वडा कमिटी बेलहियाको आयोजनामा ५० जना घरपरीवारलाई कम्बल वितरण भएको हो ।
तराई मधेशमा बढ्दै गएको जाडोबाट नागरिकको ज्यान जोगाउनका लागि कम्बल वितरण गरीएको हो । कम्बल वितरण कार्यक्रममा नेकपा बारा जिल्ला अध्यक्ष क्षेत्रबहादुर श्रेष्ठ, जिल्ला सदस्य उमेश कुशवाहा नेताहरु अर्जुन शर्मा, भागवती न्यौपाने, महेश बिक, बिनोद पटेल, सतोष साह, प्रदिप कुमार साह लगायतको सहभागीता रहेका थियो ।
तपाईको प्रतिक्रिया