वीरगन्ज, ८ माघ । सशस्त्र प्रहरी दिवसको अवसरमा आज १४ नम्बर गुल्म हेडक्वाटर (राजस्व तथा भन्सार गस्ती सुरक्षाले सरसफाई गरेको छ । सशस्त्र प्रहरी नेपाल १९ औं बर्षमा प्रबेश गरेको सुखद अबसरमा सशस्त्र प्रहरी बल नेपाल १४ नम्बर गुल्म हे.क्वा.(राजश्व तथा भन्सार गस्ति सुरक्षा) वीरगन्जको मुख्य प्रवेशद्वार शंकाराचार्य गेट नजिकै रहेको रामजानकी मन्दिरमा सरसफाई गरिएको हो ।
१४ नम्बर गुल्म हेडक्वाटर पर्साबाट ३५ जनाको सशस्त्र प्रहरी बल नेपालको टोलीले रामजानकी लक्ष्मी नारायण मन्दिर र बिरगंज भन्सार कार्यालयको मुल गेटमा अबस्थित शिब मन्दिर परिसरको सरसफाई गरिएको सशस्त्र प्रहरी बल १४ नम्बर गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक अमर बहादुर खत्रीले जानकारी दिए ।
तपाईको प्रतिक्रिया