logo

पहिचान स्थापित गर्न राजनीतिक शक्ति निर्माणको आवश्यक : मन्त्री सोनल 

प्रदेश २ ल्होसारमय 

      1/25/2020 गते 00 00 मा प्रकाशित     2332   पटक पढिएको

वीरगन्ज, १२ माघ । प्रदेश नम्बर २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले पहिचान स्थापित गर्न राजनीतिक शक्ति निर्माण आवश्यक रहेको बताउनुभएको छ । तामाङ समुदायको २८५६ औं सोनाम ल्होसारको अवसरमा हिजो वीरगन्जको गौतम स्कुलमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री सोनलले नाचगान र खानपिनले मात्रै पहिचान स्थापित नहुने भन्दै राजनीतिक चेत हुन पनि आवश्यक रहेको बताउनुभयो  ।

उहाँले राजनीतिक स्थान नपाउदा मुलुकका आदिवासी जनजाति समुदायलाई राज्य देखाएर अहिले पहिचान मेटाईदिएको आरोप लगाउनुभयो । तासी साङ थर्वा्लिङ बौध्द गुम्बा समिति वीरगन्जका अध्यक्ष राम बहादुर थोकरको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ प्रदेश २ का बरिष्ठ उपाध्यक्ष कमल बहादुर पिठाकोटे, शिक्षासेवी प्राध्यापक डा. दिपक शाक्य, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ प्रदेश नम्बर २ का ईन्चार्ज निरज पिठाकोटे, जनजाति महासंघ जिल्ला समन्वय परिषद पर्साका अध्यक्ष सोम लामा, वीरगन्ज महानगरपालिका वडा नम्बर ५ का अध्यक्ष प्रदीप चौरसिया लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।  
 

हिजो प्रदेश नम्बर २ को आठ वटै जिल्लामा पनि तामाङ समुदायको बहुल्यता रहेको स्थानमा सोनाम ल्होसार मनाईएको छ । प्रदेश नम्बर २ अन्तर्गत पर्साको ठोरी, वीरगन्ज, बाराको डुमरवाना, निजगढ, रौतहटको चन्द्रपुर, सर्लाहीको लालबन्दी, सिराहाको धनगढी, सप्तरी लगायतका स्थानहरुमा तामाङ समुदायले ल्होसार नयाँबर्ष मनाएका हुन् । वीरगन्जमा पनि हिजो बिहान घण्टाघरबाट  तामाङ भेषभूषा र झाँकी सहितको ¥याली निकालिएको थियो । उक्त ¥याली भिस्वा डाँडाको गुम्बामा पुगी पूजा पाठ गरेको थियो । त्यसपछि दिउँसो २ बजे गौतम माध्यामिक विद्यालयको प्रांगणमा सांस्कृतिक कार्यक्रम गरिएको आयोजक तासी साङ थर्वालिङ्ग गुम्बा भिस्वाले जनाएको छ । 

यसैगरि तामाङ समुदायको विशेष पर्व सोनाम ल्होछार अर्थात नयाँ वर्ष , पर्सा जिल्लाको तामाङ समूदायको वाहुल्य रहेको अन्य विभिन्न ठाउँमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ । पर्साको तामाङ समूदायको बाहुल्य रहेको ठोरी गाउँपालिकाको ठोरी, निर्मलवस्ती, गुम्वालाइन, घ्याङडाँडा लगायतका स्थानमा बृहत् साँस्कृतिक कार्यक्रमको आयोजना गरि ल्होछार पर्व मनाइएको हो  ।

नेपाल तामाङ घेदुङको आयोजनामा ठोरी गाउँपालिका २ को हनुमाननगरमा बृहत् सांस्कृतिक कार्यक्रमको आयोजना गरि तामाङ समूदायले सामूहिक रुपमा ल्होछार पर्व मनाएका हुन् ।तामाङ समूदायको बाक्लो उपस्थितिमा आयोजना गरिएको कार्यक्रममा तामाङ समूदायका युवायुवतीहरु तामाङ भेषभूषामा सजिएर सहभागी भएका थिए ।लामा गुरुहरुबाट पुजापाठ सहित प्रसाद ग्रहण पछि बृहत् सांस्कृतिक कार्यक्रमको पनि आयोजना गरिएको थियो ।

तामाङ गीतसंगीतमा तामाङ भेषभूषामा सजिएर कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए ।कार्यक्रमलाई सम्बोधन गर्दै तामाङ अगुवा एवं वडाध्यक्ष किशोर तामाङले ल्होछार पर्वलाई राष्ट्रिय पर्वको मान्यता दिनु पर्ने बताउनुभयो ।ठोरी ४ को निर्मलबस्तीमा पनि हिजो बृहत् सांस्कृतिक कार्यक्रम तथा खुल्ला नृत्य प्रतियोगिताको आयोजन गरिएको नेपाल तामाड घेदुङ पर्साका अध्यक्ष निमा लामा पाख्रिनले जानकारी दिनुभयो ।

यस्तै ठोरी गाँउपालिकाको वडा नम्बर ४  गोपीबस्तीमा पनि हिजो गोपी बस्ती सांझ २ को आयोजना गरिएको थियो । आज माघ १२ गते ठोरी ५ को सुवर्णपुरमा र १३ गते घ्याङडाँडामा बृहत् सांस्कृतिक कार्यक्रमो आयोजना गरिने अध्यक्ष पाख्रीनले जानकारी दिनुभयो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

प्रधानमन्त्री राहतकोषमा बिभन्न बैक, मधेश प्रदेशका पदाधिकारी र ब्यक्तिद्वारा सहयोग रकम उपलब्ध गराइदै

वीररगंज ।ग्लोबल आइएमई बैंकले भोटेकोशी नदीको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

जन्मदिनको खर्च कटौती गरेर मातृभूमीमा परेको संकटमा राहतकालागि नेपालले गरे १ लाख सहयोग दिने निर्णय

वीरगंज । नेपालमा बाढी पहिरोबाट सृजीत दुख्द अवस्थाबाट प्रभावित नागरिकको राहत र उद्धारकालागि बेल्जीयमको लुभेन शहर निवासी लोकेन्द्र नेपालले १ लाख रुपैया सहयोग गर्ने भएका छन ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.